भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

भारतीय शिकारी नेपालमा...... एउटा बाघको ५० लाख सम्म

काठमाडौं, माघ २० । भारतको बन्जारण समूह तराईमा सक्रिय– चितवनका एक दर्जनभन्दा धेरै प्रजा समूह पक्राउ परेपछि गैँडाको चोरी–सिकारी बन्द भएको छ । तर, तराईमा बाघको सिकारीमा भारतको बन्जारण समूह सक्रिय बनेको छ । बर्दिया र सुनसरीबाट बाघको छालासहित पक्राउ परेकामाथिको अनुसन्धानबाट नेपालमा बन्जारण समूह सक्रिय रहेको खुलेको हो ।

बन्जारणले तराईमा चार बाघ मार्‍यो– बन्जारण समूहले तराईमा चार बाघ मारिसकेको छ । समूहका तीन तस्करलाई प्रहरीले पक्राउ गरेको छ । ‘प्रहरीले पछिल्लो समय बरामद गरेको नौवटा बाघको छालामध्ये चारवटा नेपालका बाघको भएको पुष्टि भएको छ,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबीङ्घका डिएसपी प्रवीण पोखरेलले भने, ‘यसमा भारतको बन्जारण समूहको संलग्नता देखिएको छ ।’
डिएनए परीक्षणमा नेपालका बाघ– प्रहरीले बरामद गरेका छालाको डिएनए परीक्षण गर्दा नेपालकै बाघको छाला रहेको पुष्टि भएको हो । सेन्टर फर मोलिक्युलर डाइनामिक्स नामक संस्थाले नेपालका एक सय २५ वटा बाघको दिसामार्फत डिएनए राखेको थियो । बरामद छालासँग म्याच गराउँदा चारवटा छाला नेपाली बाघको भएको खुलेको हो । केही वर्षअघि गणनाअनुसार नेपालमा १९८ वटा बाघ छन् ।
छालासहितका अंग चीन र भियतनाममा धेरै तस्करी– बन्जारण समूहले बाघको सिकार गरेर चीनमा लगेर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले दार्चुला र हुम्लाको नाका हुँदै बाघको छाला, हड्डी र मासु चीनमा पुर्‍याएर बिक्री गर्छन् ।
सो समूहमा केही नेपालीसमेत संलग्न रहेको र चीन तथा भियतनामसम्म नेटवर्क रहेको डिएसपी प्रवीण पोखरेलले बताए । बाघको छाला धेरैजसो चीन र भियतनाममा तस्करी हुने गरेको छ । हड्डी भने विश्वभर पुग्ने गरेको छ ।
यौन क्षमता बढाउने विश्वाससहित बाघको हड्डीको सुप बिक्री हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी बताउँछन् । जापानमा बाघको हड्डीबाट बनाइएको औषधि प्रतिबोतल २७ हजार डलरसम्म बिक्री हुन्छ ।
यसरी उदायो बन्जारण समूह– बन्जारण समूह भारतमा पहिला राजाहरूको निकट भएर सिकारीका रूपमा काम गर्थे । भारतमा राजाहरूको शासन अन्त्य भएपछि त्यहाँका कुख्यात वन्यजन्तु तस्कर संसार चन्दले उनीहरूलाई प्रयोग गरी वन्यजन्तुको सिकारीमा लगाएका हुन् ।
बन्जारण समूहले वन्यजन्तु मारेर चन्दलाई बुझाउँथे । चन्दको समूहले बिश्वबजामार बिक्री गर्ने गथ्र्यो । चन्दको मृत्युसँगै बन्जारण समूह आफैँले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करको नेटवकर्टमा चिनजान गरी आफैँ तस्करी गर्न थालेका हुन् । भारतको हरियाणा र पन्जाबमा धेरै बन्जारणको बस्ती छ ।
बाघ र स्यालको सिकारको उद्देश्यले उनीहरू नेपाल आउने गर्छन् । सिलौटाको व्यापारमा पनि उनीहरू सक्रिय छन् । करिब एक हजार बन्जारण सिकार र व्यापारका नेपाल आउने गरेका छन् । विश्वका करिब तीन हजार तीन सय बाघमध्ये आधा भारतमा छन् ।
त्यसकारण उनीहरूले भारतमा ठूलो संख्यामा बाघ मार्दै आएका छन् । नेपालमा हरेक महिनाजसो बाघको छाला तथा हड्डी बरामद हुने गरेको छ । वेला–वेलामा पक्राउ परे पनि धेरैपटक उनीहरूले तस्करी गरेको प्रहरी आशंका छ ।
घरेलु हतियार प्रयोग गरेर सिकार– बन्जारण समूह सिकार गर्दा भगवान् खुसी हुने विश्वास गर्छन् । ‘उनीहरू नंग्रा भएका जनावरको मात्र सिकार गर्छन्,’ डिएसपी प्रवीण पोखरेलले भने, ‘सिकार गर्दा घरेलु हतियारबाहेक अरू प्रयोग गर्दैनन् ।’ उनीहरूको संस्कारमा वन्यजन्तु तस्करीमा पक्राउ परी जेल परेर छुटेपछि मात्र कुनै व्यक्ति परिपक्व भएको मानिन्छ ।
हरेक वर्ष टन्डा तथा महापञ्चायत मेला आयोजना गरी गोपनीयता कतै नखोल्ने कसम खुवाउने गर्छन् । गोपनीयता तोडेमा समुदायबाट बहिष्कार गर्ने चलन छ ।

एउटा बाघको ५० लाख ?– नेपाल र भारतमा सिकार हुने बंगाल टाइटर उपनामले चिनिने बाघका अंगको ५० लाख रुपैयाँसम्म कारोबार हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
बाघको तस्करी र सिकारीमा धेरै पैसा हुने भएकाले अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । ‘बाघको छालाको केही वर्षपहिले सात हजार डलरमा भारतमा कारोबार हुने गरेको पाइएको थियो,’ सिआइबीका डिएसपी प्रवीण पोखरेल भन्छन्, अहिले पूरै बाघको अंगको ५० हजार डलरसम्म कारोबार हुने गरेको बुझिएको छ ।’ नवराज मैनाली, नयाँ पत्रिका दैनिकबाट

Unlock the Box Below

Post a Comment

 
Top