भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
रिलिज अगाडी विभिन्न कारणले चर्चा बटुल्दै 'हाइप'को उपल्लो स्तरमा पुगेको दक्षिण भारतिय सुपरस्टार रजनीकान्तको फिल्मले वक्सअफिसमा आफ्नो स्टार पावर देखाएको छ। फिल्म झण्डै ५०० करोड भारूको कमाइ गरेको आँकडा सार्वजनिक भएको छ।
फिल्मको सर्वकालिन रेकर्डले धेरैलाई आश्चर्यमा पारेको छ। यो रजनीकान्तको स्टारडमको कमाल हो। फिल्मले वक्सअफिसमा उज्यालो आँकडा प्रस्तुत गरेको भए पनि फिल्म आफैमा भने त्यति उज्यालो छैन्। फिल्मको जबरजस्ती लम्बेतान बनाएर घिसारिएको पटकथाले फिल्मका रूपमा 'कबाली' एकदमै कमजोर छ।
फिल्ममा रजनी २५ वर्ष जेल सजाय काटेर रिहा भएको एक मलेसियन तमिल पौढ डनको भूमिकामा छन्। कथा अनुसार रजनी अर्थात 'कबाली' २५ वर्ष भएको हत्याकाण्डमा फसाइएर जेल पुगेका हुन्छन्। उनलाई उनका दुश्मन समूह '४३'ले षड्यन्त्रपूर्वक जेल पठाइदिएका हुन्छन्। उनै डनको 'ब्याक एण्ड फोर्थ'मा 'क्राइम ड्रामा' 'कबाली'को अगाडी बढ्छ।
'कबाली' रजनीकान्त फिल्मी पर्दामा जून आफ्नो पृथक 'सिग्नेचर स्टाइल'का लागि चिनिन्छन्, त्यो भन्दा बिल्कुल फरक भूमिका छन्।
आफ्ना फिल्मलाई चलिआएका तमिल शैलीमा भन्दा फरक शैलीमा प्रस्तुत गर्ने गरेका निर्देशक रञ्जिथले रजनीलाई उनको शैली भन्दा फरक तरिकाले प्रस्तुत गर्ने कोशिश गरेका छन् तर फिल्मको कमजोर र पट्यारलाक्दो स्क्रिनप्ले फिल्म कमजोर बनेको छ।
फिल्मका लेखक पनि उनी स्वयंम नै हुन्। यसअघि उनले निर्देशन गरेका फिल्मबाट उनले निर्देशनसँगै लेखनीको तारिफ पनि बटुलेका थिए। उनको यो पक्षका कारण नै 'कबाली' सुरूवातदेखी चर्चित भएको हो। उनको विगतकै कारण रजनीलाई दर्शकले भिन्न तरिकाले पर्दामा पाउने आश गरेका थिए। तर दर्शकको त्यो चाहानामा तुषारापात भएको छ। यसपटक कमजोर लेखनीले उनको निर्देशनको पाटो पनि कमजोर भएको छ। फिल्मको पहिलो १५ मिनेट, मध्यान्तर र फिल्मको अन्तयबाहेक दर्शकलाई बाँधरहने तत्व फिल्मबाट गयल छ।
फिल्ममा आफ्नो वास्तविक उमेर अनुसारको भूमिका गरेका रजनीकान्तको स्टारडममात्रै फिल्मको पर्दामा देखिएको छ।
रञ्जिथले एउटा पौढ डनको पत्नीसँगको संवेगात्मक लय र सम्बन्धको सेरोफेरोको कथा भन्न फिल्ममा प्रयोग गरेको मेलो-ड्रामाले त्यसलाई ध्वस्त बनाउने काम गरेको छ। निर्देशक मेलोड्रामामै अल्झिरहनाले फिल्मको कथा एउटै विन्दुमा घुमिरहन्छ जसका कारण फिल्मबाट दर्शक भड्किन्छन्। फिल्मको रनटाइम अत्याधिक समय रजनीकै वरीपरि घुम्नाले थुप्रै पात्रहरू छाँयामा परेका छन्। कतिपय अवस्थामा ती फिल्ममा स्थापित हुन नै सकेका छैनन्।
फिल्ममा रजनीकी छोरीका रूपमा देखिएकी 'योगी' (धन्षिका) चरित्र सबैभन्दा फितलो तरिकाले पेस गरिएको छ। राधिका आप्टेको मानेमा पनि यहि लागुभएको छ।
अभिनयका हिसाबले रजनीकान्तले आफ्नो जादुलाई कायम राखेका छन्। सानो भूमिकामा भए पनि राधिका आप्टेले आफूले पाएको स्थानको राम्रै उपयोग गरेकी छन्। फिल्मको सिनेम्याटोग्राफी तथा व्याकग्राउण्ड स्कोर फिल्मतारिफयोग्य काम हो।
समग्रमा रजनीको स्टारपावरको ताउरमाउर साथ आएको 'कबाली'ले रजनीलाई भिन्न शैलीमा पेस गरेको भएपनि आफ्नो सिथिल लय तथा पटकथाका कारण दर्शकको आशातित अपेक्षा पूरा गर्न असफल छ।
Unlock the Box Below
![]() |
Post a Comment