भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

साउदी अरबमा प्यालेस्टिनीमूलका कविलाई आठ वर्ष कैद र ८ सय कोर्रा 

साउदी, माघ २० । साउदी अरेबियाको एक अदालतले इस्लाम नमानेको आरोपमा दोषी ठहर गरेको प्यालेस्टिनीमूलका एक कविलाई आठ वर्ष कैद र ८०० कोर्राको सजाय तोकेको छ ।
यसअघि तल्लो अदालतले मृत्युदण्डको सजाय दिएकोमा माथिल्लो अदालतले सो फैसला उल्टाउँदै उक्त सजाय तोकेको हो ।

अशरफ फयाज नाम गरेका कविलाई अगस्ट २०१३ मा पक्राउ गरिएको थियो । तर पक्राउ परेको भोलिपल्टै
उनलाई रिहा गरिएको थियो । जनवरी २०१४ मा उनलाई पुनः पक्राउ गरि धर्म परित्याग गरेको आरोपमा कानुनी कारवाही अघि बढाइएको थियो ।
साउदी अरबमै जन्मिएका फयाज प्यालेस्टिनी शरणार्थी परिवारका सदस्य हुन् । उनीमाथि नास्तिकताको प्रचार गरेको तथा इस्लाम धर्मविरुद्ध लागेको आरोपमा मुद्दा चलाइएको थियो ।
फयाजले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । उनका वकिल अब्दुल रहमान अल लहीमका अनुसार अदालतको आदेशअनुसार सरकारी मिडियामा फयाजले क्षमायाचना समेत गर्नुपर्नेछ । यसका अतिरिक्त ८०० कोर्राको सजाय १६ पटकमा पुरा गर्नुपर्ने शर्त पनि अदालतले राखेको छ ।
अदालतको सो निर्णयविरुद्ध पुनः अपिल गरिने र उनको रिहाई माग गरिने वकिल लहीमले जनाए ।
सन् २००८ मा फयाजको एउटा कविता संग्रह प्रकाशित भएको थियो जसमा कथित रुपमा धर्मलाई चुनौति दिदैं नास्तिक विचारधाराको प्रचार गरिएको थियो ।
३५ वर्षीय फयाजविरुद्ध साउदी साइबर कानुन उल्लंघनको आरोपसमेत लगाइएको थियो । उनले आफ्नो मोबाइल फोनबाट महिलाको तस्वीर लिएको र त्यसलाई सुरक्षित राखेको भन्दै उक्त आरोप लगाइएको थियो ।
अप्रिल २०१४ मा एक अदालतले साइबर कानुन अन्तर्गत उनलाई चार वर्ष कैद र ८०० कोर्रा सजाय तोकेको थियो । अदालतले उनको क्षमा याचना स्वीकार गर्दै धर्म त्यागेको आरोप भने खारेज गरेको थियो । पुनरावेदन अदालतले पुनः उनको मुद्दालाई तल्लो अदालतमा पठाएपछि भने नोभेम्बर २०१५ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । (एजेन्सी)

Unlock the Box Below

Post a Comment

 
Top