भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

काठमाडौं, साउ ६- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका ठूला कहलिएका कम्युनिस्ट पार्टीहरुले पुँजीबादी बिचारधारा अङ्गिकार गरेको आरोप लगाएका छन् ।

सगरमाथा टेलिभिजनद्धारा प्रसारित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले नेपालका ठूला कम्युनिष्ट पार्टीहरु जो सरकारमा र बाहिर छन् तिनीहरुको व्यवहार पुँजीबादी पार्टी जस्तो भएको आरोप लगाएका हुन् ।
उनले माओवादी पार्टीलाई भारतमा उत्पादन भएको सस्था भएको आरोप लगाएका छन् । उनले भने – माओवादी भारतमा क्रिएट भएको सस्था हो जो भारतकै हितमा काम गर्छ ।


केही समय अगाडी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा भारत गए पछि नै नेकपा माओवादी केन्द्रका नेता महरा पनि भारत गएको र भारतमा बर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारलाई ढाल्ने तानाबाना बुनिएको आरोप बिजुक्छेले लाएका छन् ।

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिन पीङको एक महिना पछि हुन लागेको नेपाल भ्रमणलाई रोक्न भारतले गोटी चालेको दाबी बिजुक्छेको रहेको छ । चीनका रष्ट्रपति नेपाल आउनासाथ रेल संचालन र बाटो खुल्ने तथा अन्य सम्झौता समेत हुने पक्का भएका कारण उनको भ्रमण रोक्न नेपालमा सरकार परिवर्तनको कसरत सुरु भएको हो ।

उनले भने- दुई महिना पछि चिनीया राष्ट्रपति सी जिन पीङ नेपाल भ्रमण गर्ने पक्का भएको छ । पीङ नेपाल अउँदा हिमालको बाटो र रेल सम्झौता हुने पक्का छ । तसर्थ चिनीया राष्ट्रपतिको नेपाल भ्रमण मन नपराएर भारतले नेपालमा सरकार परिवर्तन गराउन खोजेको हो ।

भारतले नेपालको प्रगती देख्न नचाहेको आरोप बिजुक्छेको रहेको छ । नेपालसँगको खुला सिमानाका कारण भारतले नेपाल लगायतका देशहरुलाई उपनिवेश बनाउन खोजेको आरोप समेत बिजुक्छेले लगाएका छन् । नेपालको स्थिरतालाई भारतले मननपराउने गरेको आरोप समेत नेता बिजुक्छेको रहेको छ ।

Unlock the Box Below

Post a Comment

 
Top