भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढेको छ
सोल, माघ २० । उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढेको छ । दुबै मुलुक पछिल्ला दिनमा एक अर्काविरुद्ध ‘प्रोपोगाण्डा युद्ध’ मा सक्रिय भइरहेका छन् ।
उत्तर कोरियाले सीमा क्षेत्रबाट दर्जनौं बेलुन उडाएर दक्षिण कोरियाली जमिनमा चुरोटका ठूटा र प्रयोग भइसकेका ट्वाइलेट पेपर खसालेको छ । दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाले त्यसरी
खसालेका फोहोरबाट दक्षिण कोरियाको सीमा क्षेत्र दुर्गन्धित भएको छ । यही शैलीमा उत्तर कोरियाले ‘बायो केमिकल’ आक्रमणसमेत गर्न सक्ने सम्भावना आँकलन गरी दक्षिण कोरियाली अधिकारीहरु चिन्तित भएका छन् । उत्तर कोरियाले उडाएका बेलुनमा सानो डिभाइस जडान गरिएको पाइएको छ । सोही डिभाइसको मद्दतमा ती बेलुन फुट्ने र बेलुनमा भरिएका ट्वाइलेट पेपर, चुरोटका ठूटा लगायतका फोहोर दक्षिण कोरियाली भूभागमा छरपरस्ट हुने गरेको छ ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार अहिलेसम्म करिब १० लाख त्यस्ता बेलुन दक्षिण कोरियाली भूभागमा खसेको पाइएको छ । ती बेलुनमा केही पर्चासमेत पाइएको छ जसमा उत्तर कोरियाविरुद्ध प्रचारवाजी बन्द गर्न दक्षिण कोरियालाई चेतावनी दिइएको छ ।
दक्षिण कोरियाले केही दिनदेखि उत्तर कोरियाको सीमा क्षेत्रमा ‘प्रोपोगाण्डा गीत’ बजाउँदै आएको छ । उसले ठूला ‘साउन्ड बक्स’ को मद्दतमा ती गीत उत्तर कोरियालीहरुलाई सुनाउँदै आएको छ । गीतमा उत्तर कोरियाले केही साता अघि परीक्षण गरेको भनिएको ‘हाइड्रोजन बम’का बारे व्यङ्ग्य गरिएको छ । (एजेन्सी)
Unlock the Box Below
![]() |
Post a Comment