भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

मधेसको आर्थिक अवस्था धारासायी बन्दै गएकाले तत्काल वीरगन्ज नाका खोल्नु पर्छ - राजेन्द्र महतो

पाँच महिना देखि आन्दोलनमा रहेको मधेसी मोर्चामा आबद्ध मध्येको एउटा दल सद्भावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भने मधेसको आर्थिक अवस्था धारासायी बन्दै गएकाले तत्काल वीरगन्ज नाका खोल्नु पर्ने बताएका छन्।

मधेस आन्दोलनमा सहयोगका लागि आग्रह गर्दै भारतको बिहार पुगेर फर्किएका महतोले बिहीवार बिहान सेटोपाटीसँग कुराकानी गर्दै कुराकानी गर्दै पाँच महिनादेखि ठप्प रहेको वीरगन्ज नाका अब खोल्नु पर्ने बताएका हुन्।

नाकाबन्दीका कारण मधेसको जनताले धेरै दुःख पाइरहेको र आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज धारासाही बन्दै गएकोले नाका खोल्न मोर्चामा आबद्ध रहेका दलका शीर्ष नेताहरुसँग अनुरोध गर्ने बताए।


रक्सौल-वीरगन्जको सीमामा आयोजित धर्नाका संयोजक समेत रहेका नेता महतोले भने,‘देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुला छन्, वीरगन्ज नाका कति लामो समयसम्म बन्द गर्ने हो? त्यसैले अब नाका खोल्नु पर्छ।’

वीरगन्जबाहेक अन्य सवै नाका खुला रहेको भन्दै उनले भने– कि सबै नाका बन्द गरेर नाका केन्द्रीत आन्दोलन गर्नु पर्यो। होइन भने वीरगन्ज खोलिदिए हुन्छ।’

आन्दोलनका कारण तराई मधेसका जनता बढि पीडित बनेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको उनले बताए।  उनले भने ‘नाकाबन्दी जारी नै राख्ने हो भने अन्य चारवटै नाका ठप्प पर्न मोर्चाका नेताहरु नाकामा बस्नुपर्छ, राजधानीमा बसेर नाकाबन्दी हुँदैन।’

महतोले छिट्टै काठमाडौंमा बस्ने मोर्चाको  बैठकमा नाकाबन्दी र आन्दोलनको स्वरुप परिवर्तनको विषयमा विस्तृत छलफल हुने बताए।

Unlock the Box Below

Post a Comment

 
Top