भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

काठमाडौं । भनिन्छ- जवानीमा गल्तिहरु धेरै हुन्छन् । त्यसबेला गल्तिहरु साना लाग्छन् तर भविस्यमा तीनै साना गल्तिको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।

तपाईलाई पाँच यस्ता गल्तिहरुका बारेमा बताउँदैछौं, जुन भविस्यमा तपाईको नामसँगै गोजी पनि रित्तो बनाउँछ । समयमै सचेत हुने हो भने यस्ता लापरवाही वा गल्तिबाट जोगिन सकिन्छ ।


गल्ति नम्बर १. तपाईले क्रेडिट कार्ड प्रयोग गरिरहनु भएको छ भने त्यसको सावाँ समयमै बैंकलाई तिर्नुस् । जरिवानामा पर्नु भनेको त्यो भविस्यका लागि राम्रो होइन । जरिवाना रकम तिरेर तपाईले क्रेडिट कार्ड नचलाउने निर्णय पनि गर्न सक्नु हुन्छ । तर त्यसले तपाईको रेटिङ घटाइरहेको हुन्छ । अर्को पटक तपाईले क्रेडिट कार्ड त पाउनु हुन्न नै घर तथा गाडि कर्जा लिनु पर्यो भने तपाईको रेटिङ खराव भएका कारण नपाउने सम्भावना पनि उत्तिकै हुन्छ ।

गल्ति नम्बर २. आवधिक जीवन बिमामा गराउँदा पनि सचेत हुनुहोस् । जवानीमै तपाईले यस्तो बिमा गराउनु भयो भने किस्ता पनि थोरै तिर्नु पर्छ र प्रतिफल पनि समयमै पाइन्छ । यदि तपाईले २५ देखि ३० बर्षको उमेरमा गएर एक करोड रुपैयाँको जीवन बिमा गराउनु भयो भने यसको प्रिमियम कम पर्छ । ३० बर्ष नाघेपछि गराउनु भयो भने प्रिमियम वढि तिर्नु पर्ने हुन्छ ।

गल्ति नम्बर ३. तपाईले पढाइ सकेर जब जागिर पाउनु हुन्छ, खर्च गर्नलाई मासिक तलव आउँछ । त्यो बेला तपाईले खर्च मात्र गर्नु भयो भने पछि समस्या पर्छ । पढाइ सकेर जागिर खाएपछि विवाह गर्ने दवाव हुन्छ । त्यसपछि वालवच्चा हुन्छन् । सुरुमा बचत गर्नु भएन भने पछि बचत गर्न झन् गाह्रो हुन्छ । त्यसैले आम्दानी हुनु सुरु भएदेखि नै बचत गर्न थाल्नुस् । जुन तपाईको 'बानी' का रुपमा विकास हुन्छ र पछि खर्च बढेका बेला त्यो पैसा काम लाग्छ ।

गल्ति नम्बर ४. यदि तपाई घर किन्न चाहनु हुन्छ भने उमेर छँदै किन्नुस् । तपाईसँग पैसा कम भएर सानो घर नै लिएपनि पछि बेच्दा बढेको मूल्यमा पैसा आउँछ । त्यो पैसाले अर्को ठाउँमा ठूलो घर किन्न सकिन्छ । अपुग भएमा बैंकबाट लिने कर्जाको लिमिट पनि वढ्छ । तपाईको उमेर ३० बर्षको छ भने २५ बर्ष अवधिसम्मको कर्जा लिन पाउनु हुन्छ । उमेर जति बढ्दै जान्छ कर्जाको अवधि कम हुन्छ, मासिक इएमआइ भने बढि तिर्नु पर्छ ।

गल्ति नम्बर ५. पैसा बैंकमै राख्ने गर्नुस् । किनभने बैंकमा ऋण लिन जानु पर्यो भने उसले तपाईसँगै पछिल्लो बैंकिङ स्टेटमेन्ट माग्छ । बैंकिङ कारोबार जति वढि भयो तपाईको कस्टमर रेटिङ उति नै दह्रो हुन्छ । आम्दानीमा लाग्ने कर भुक्तानी गर्नुस् । आयमा लाग्ने कर तपाईले भुक्तानी गर्नु भएन भने बैंकमा बुझाएको वढि तलवको फाइनान्सियल स्टेटमेन्ट उसले पत्याउँदैन र कर्जा नदिन पनि सक्छ ।

Unlock the Box Below

Post a Comment

 
Top