भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

विमानको गति प्रतिघन्टा २० हजार किलोमिटर- लन्डनदेखि न्युयोर्क पुग्न ११ मिनेट


चास्र्ल बम्बार्डर स्क्रिमर जेटका एक प्रमुख अवधारणाकर्ता हुन्। अहिले उनी फेरि चर्चामा आएका छन्। एउटा हाइपरसोनिक एन्टिपोड विमानका कारण। मान्छेलाई दिमागलाई चक्कर लगाउने कुरा के छ भने एन्टिपोडमा यात्रा गर्दा लन्डनदेखि न्युयोर्कसम्म पुग्न मात्र ११ मिनेट लाग्नेछ।

यो जहाजबाट न्युयोर्कदेखि पेरिस १२ मिनेट लाग्नेछ। टोकियो २२ मिनेट लाग्नेछ भने सिड्नी पुगन ३२ मिनेट मात्र लाग्नेछ।

बम्बार्डर क्यानेडियन विमान उत्पादक कम्पनी बम्बार्डरसँग आवद्ध उड्डयन इन्जिनियर हुन्। सो कम्पनीको सुरुवाती लगानीकर्ता समेत रहेका उनको दाबी अनुसार अहिलेसम्मकै सबैभन्दा छिटो उड्ने भनिएको कोङ्कोर्ड विमानभन्दा एन्टिपोड १२ गुणा छिटो उड्न सक्छ। १० जना मान्छेलाई बोकेर उडाउने यो विमानको गति प्रतिघन्टा कम्तिमा २० हजार किलोमिटर हुनेछ।

गत वर्ष यी क्यानेडियन इन्जिनियरले चारवटा पखेँटा भएको स्क्रिम जेट डिजाइन गरेका थिए। ७५ जना यात्रु बोक्न सक्ने यो जहाजको उडान गति 'माच–१०' सम्म हुने बताइएको थियो। एक माच बराबर ११९५ किलोमिटर प्रतिघन्टा हुनेगर्छ। बम्बार्डरले भनेका छन्, 'व्यापार र सैन्य प्रयोजनका लागि यो एउटा नयाँ नमुना हो। उच्च सैनिक अधिकारी तथा बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरुका लागि विश्वभरि छिटो पुग्न यो अचुक हुनेछ।'

Unlock the Box Below

Post a Comment

 
Top