भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



सुनसरी, माघ १५ । नेपाली कांग्रेसको १३औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा झडप भएको छ ।

झडपलाई साम्य पार्न खटिएका प्रहरीमाथि कांग्रेस कार्यकर्ताहरुले खुकुरी प्रहार गरेपछि दुई प्रहरी घाइते भएका हुन् ।

धरान उपमहानगरपालिका वडा नम्बर–१७ को मतदान केन्द्रमा कांग्रेसको संस्थापन पक्ष र वरिष्ठ नेता देउवा पक्षबीच झडप भएको थियो ।

मतदान केन्द्रमा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले कार्यकर्तालाई छुट्याउनेक्रममा देउवा पक्षका कार्यकर्ता अजय राई र बरुण राईले खुकुरी प्रहार गरेको संस्थापन पक्षका कांग्रेस नेता सुवास राईले आरोप लगाएका छन् ।

कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट प्रहरी हबल्दार जितबहादुर बराइली र जवान सुरजकुमार साह घाइते भएका छन् । दुबैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।

खुकुरी प्रहारपछि वडा नम्बर–१७ को मतदान स्थगित गरिएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top