भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

सारा दुनियाले चिन्यो तर आफ्नै देशले चिनेन 


भूकम्पको २२ घन्टापछि आफ्नै घरको भग्नावशेषबाट निकालिएका चार महिनाका सोनिस अवाल विश्वप्रसिद्ध भए । तर, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ । प्रमाण नपुग्दा अवाल परिवारले राहत पाउन सकेको छैन ।


१२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन् । नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए ।
दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो । अवाल परिवारको खुसीमा विश्व नै चकित भयो । तर, दुर्भाग्य ! नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ । प्रमाण जुटाउन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन ।
‘भूकम्पले घर ध्वस्तै भयो । बनाउन पैसा छैन । डेरामा छौँ । तर, खर्च कसरी चलाउने ? भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौा,’ भक्तपुर ब्यासीको महाकालीस्थानस्थित साँघुरो कोठामा भेटिएकी सोनिसकी आमा रश्मिलाले भनिन् ।

भक्तपुर मूलढोकाका पुराना बासिन्दा हुन्, उनीहरू । मूलढोका टोलमै बसेको पुस्तौँ भयो । तर, उनीहरूसँग लालपुर्जा थिएन । सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ । लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन । घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ । त्यसो त घरजग्गा नै नभएका सुकुम्बासीले पनि राज्यको स्रोतमा अधिकार राख्छन्, उनीहरूप्रति पनि सरकारको दायित्व हुन्छ । तर, यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ ।
‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी पर्‍यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Unlock the Box Below

Post a Comment

 
Top