भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस









फाल्गुन २६, २०७२- इटालीको पोर्टो सान पाउलोबाट दक्षिणमा स्थित टाभोलारा नामक टापु विश्वकै सबैभन्दा सानो राज्य हो । त्यहाँ न कुनै मोटर बाटो छ, न कुनै होटल । त्यहाँ बसोबास गर्न मिल्ने ठाउँ भनेको केवल लामो फैलिएको सेतो बालुवा भएको तट हो ।





टाभोलाराको एकमात्र रेस्टुरेन्टका मालिक हुन् अन्टोनियो बेरटोलियोनी ‘टोनिनो’ । उनी त्यो टापुका राजा पनि हुन् ।

‘म संसार कै सबैभन्दा सामान्य राजा हुँ,’ उनले हाँस्दै भने, ‘मैले यहाँ पाउने सुविधा भनेको केवल फ्रिको खाना हो ।’

टाभोलाराले केही समय अघि मात्रै आफ्नो १८० औं स्थापना दिवस मनाएको छ । सन् १८०७ मा टानिनोका जिजुबुवा उक्त मानवविहिन टापुमा बस्न सुरु गरेसँगै उनी उक्त टापुका राजा भएका हुन् ।


Unlock the Box Below

Post a Comment

 
Top