भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

काठमाडौँ,    उत्तर कोरियाले छोटो दुरीका दुईवटा ब्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।


उत्तर कोरियाले समुद्री क्षेत्रमा ती दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको दावी छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रमा ५ सय किलोमिटरको दुरीमा प्रक्षेपण गरेको क्षेप्यास्त्र पानीमा झरेको दक्षिण कोरियाको भनाई छ ।

हिजो मात्रै उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना वैज्ञानिकले ब्यालेष्टिक क्षेप्यास्त्रमा प्रयोग हुने साना परमाणु तयार पारेको अभिव्यक्ति दिनुभएको थियो । अन्र्तराष्ट्रिय सहमति उलंघन गर्दै पछिल्लो समय क्षेप्यास्त्र प्रक्षेपण गरेको भन्दै संयुक्त राष्ट्र संघले केहि दिन अघि मात्रै उत्तर कोरियाविरुद्ध प्रतिबन्ध विस्तार गरेको थियो ।

Unlock the Box Below

Post a Comment

 
Top