भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

श्रावण २४, २०७३- गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।


बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।


दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार फिस्टेल एयरको नाइनए–एकेए हेलिकप्टर काठमाडौंस्थित त्रिभूवन विमानस्थलको कन्ट्रोल टावरसँस दिउँसो १२ बजेर ३२ मिनेटमा अन्तिम सम्पर्क भएको थियो ।

Unlock the Box Below

Post a Comment

 
Top