भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या 


काठमाडौं, माघ १३ । अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरेका छन् ।
विद्रोहीसँग मिलेको आरोप लागेका उरुगान प्रान्तका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।


ती प्रहरी जवानले पहिले लागू औषध सेवन गरेको र त्यसपछि सहकर्मीमाथि गोली हानेको प्रत्यक्षदर्शीले
बताएका छनु । हत्या गरिएका प्रहरी जवानका हतियार लिएर गोली हान्ने प्रहरी भागेको र उनको खोजी भइरहेको अफगान प्रहरीले जनाएको छ । ती प्रहरी जवान तालिवान विद्रोहीको गुप्चतर भएको हुनसक्ने आशंका गरिएको छ । अफगान प्रहरीमा आन्तरिक रुपमा हुने यस किसिमका आक्रमण निकै खतरनाक रुपमा छ । अहिलेसम्म एक सयभन्दा धेरै अफगान तथा अन्तर्राष्ट्रिय सुरक्षाकर्मीको यस किसिमको आक्रमणमा ज्यान गएको छ ।

Unlock the Box Below

26 Jan 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top