भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
"पाल्पा दरबार सङ्ग्रहालय", के के राखिँदैछ संग्राहलयमा ?
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पा दरबारमा ‘पाल्पा दरबार सङ्ग्रहालय’को कार्यालय स्थापना भएको छ। राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ को माओवादी आक्रमणबाट ध्वस्त भएको थियो। आक्रमणअगाडि दरबारमा प्रशासनिक कार्यालयहरु रहेका थिए। विसं २०६४ असार ३१ देखि दरबारको पुनःनिर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण सम्पन्न भएपनि सङ्ग्रहालय स्थापना गर्नुपर्छ भनेर स्थानीयले सरकारसँग माग गर्दा दरबार केही समय प्रयोगविहीन बनेको थियो। सरकारले भने अन्य कार्यालय राख्न खोजेको थियो।
दरबार जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंहले बिसं १९११ देखि १९३० को अवधिमा निर्माण गरेको अनुमान छ। सिंहदरबारको मोडलमा बनाएको दरबार भत्केपछि प्रताप शमशेरले विसं १९८२ मा पुनःनिर्माण थालनी गरी १९८२ मा दरबारको निर्माण पूरा गरेको ऐतिहासिक तथ्य भेटिएको छ।
पाल्पा दरबारको भूइँतलामा १३ कोठा एक शौचालय, दुई झ्याल, पहिलो तलामा १३ कोठा, एक शौचालय, दोस्रो तलामा १५ कोठा र २ शौचालय रहेका छन्। सो दरबार निर्माण कार्य सम्पन्न भएपछि लामो समय प्रयोगविहीन भएर बन्द अवस्थामा नै रहेको थियो । माघ ३ गते पाल्पा दरबारमा सङ्ग्रहालयको कार्यालय रहेपछि जिल्ला आएका पर्यटक दरबारभित्र प्रवेश गर्न थालेपछि चहलपहल पनि बढेको पाल्पा दरबारमा सङ्ग्रहालयका प्रमुख विष्णु खनालले बताए।
सङ्ग्रहालयको कार्यालय मात्र स्थापना भएको हो, सङ्ग्रहालय नै स्थापना भएको होइन तर मानिस सङ्ग्रहालय नै स्थापना भयो भनेर दरबारक्षेत्र अवलोकन गर्नेहरुको चाप बढेको उनको बुझाइ छ। केही विदेशीसहित स्वदेशी पर्यटक दरबार अवलोकन गर्न दैनिक आएको खनाल बताउँछन्।
के के राखिँदैछ संग्राहलयमा ?
‘पाल्पा दरबार सङ्ग्रहालय’ बहुउद्देश्यीय सङ्ग्रहालय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदा सङ्ग्रहालयमा रहनेछन्। विशेष गरी सङ्ग्रहालयमा पाल्पाको संक्षिप्त इतिहासको विवरण, ऐतिहासिक विवरणसहितको रिब्दी दरबारको फोटो, नक्सा, मणी मुकुन्दसेनको समयमा विस्तृत पाल्पा राज्यको नक्सासहितको फोटो र सेनकालीन सांस्कृतिक सम्पदा रहनेछ।त्यसैगरी, भौतिक सम्पदाहरु भाँडावर्तन, शिलापत्र, ताम्रपत्र, बाद्यवादन, विभिन्न लिखित कागजपत्र, परम्परागत रुपमा चलिआएका पाल्पा र यस क्षेत्रका जात्रा, मेला, पर्व, नाच आदिको श्रव्यदृश्यले सङ्ग्रहालयलाई आकर्षक बनाउन सहयोग पुग्नेछ।
सङ्ग्रहालयमा जातीय संस्कृतिको पनि झल्को भेटाउन सकिनेछ। मगरजातिको वेशभूषासहित परम्परागत कलाकौशल, पाल्पाली करुवा, ढाका बुन्ने तान्न, माटोका भाँडाका बस्तु र प्राकृतिक दृश्यका तश्बीरसमेत रहने प्रमुख खनालले बताए। राप्ती र लुम्बिनी अञ्चलभित्रका ऐतिहासिक तथा पुरातात्विक महत्वले भरिपूर्ण तस्बिर, नक्सासमेत रहनेछन्।
सङ्ग्रहालयको पहिलोचरणमा सरकारी कार्यालय तथा गुठी संस्थानका सम्पत्ति खोजी गर्ने, पहिचान नभएका बस्तुको खोजीनीति गर्ने र व्यक्तिसँग रहेको ऐतिहासिक वस्तु सङ्ग्रहालयमा राख्न अनुरोध गरिने प्रमुख खनालले बताए।
पुरातत्व विभागले सम्पदाको सङ्ग्रहालयमा सङ्ग्रह गर्ने स्वीकृित दिएपछि दरबारमा ऐतिहासिक तथा पुरातात्विक सम्पदा रहनेछन् । हाल सङ्ग्रहालयमा शाखा अधिकृत कार्यालय प्रमुख र कार्यालय सहयोगी रहेका छन्।
सरकारले सङ्ग्रहालय सञ्चालनका लागि सातजनाको दरबन्दी व्यवस्था गरेको छ। सङ्ग्रहालयको कार्यालय स्थापना भए पनि सरसफाइमा ध्यान भने पुग्न सकेको छैन।
Unlock the Box Below
![]() |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.