भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

नेपाल को न्युजिल्यान्ड विरुद्ध धमाकेदार जीत 


काठमाडौं— आइसिसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले शक्तिशाली ठानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको छ।


पहिला ब्याटिङ गर्दै नेपालले २ सय ३८ रन बनाएको थियो। नेपाली यु-१९ टोलीको यो अहिलेसम्मै सबैभन्दा ठूलो स्कोर थियो। यसअघि २००६ मा नेपालले आयरल्यान्डविरुद्ध २ सय ३४ रन बनाएको थियो। टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर अहिलेसम्मै सर्वाधिक रन बनाउन सफल भएको हो।

२३९ रनको रनको लक्ष्य पाएको न्युजिल्यान्ड ४७.१ ‌ओभरमा अल आउट भयो। नेपालका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। प्रेम तामाङको पोल्टामा दुई विकेट पर्यो ।

नेपालका लागि सन्दीप सुनारले एक छक्का र तीन चौका मद्दतले ३९ रन बनाएर आउट भए। सुशील धमाला १५ रनमा पेभेलियन फर्किए भने योगेन्द्र सिंह कार्की ६ रनमै आउट भए। ७१ बल सामना गरेका राजु रिजाल ६ चौका प्रहार गर्दै ४८ रन बनाएर आउट भए। आरिफ शेख ३९ रनमा आउट भए भने राजवीर सिंह २४ र दीपेन्द्र सिंह ऐरी १६ रन बनाएर आउट भए।
त्यस्तै कुशल भुर्तेलले अविजिति ३५ रन बनाए।

Unlock the Box Below

Post a Comment

 
Top