भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस




काठमाडौँ, १७ माघ - नेपाल प्रहरीमा रिक्त जनपद तर्फको प्रहरी जवान पद खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ ।

खुल्लातर्फ २९३४, अमर/अशक्त प्रहरी परिवारतर्फ १०९, समाबेशी समूह अन्तर्गत आदिबासी/जनजातितर्फ ७६८, मधेसीतर्फ ६७२, महिलातर्फ ४८०, दलिततर्फ ३६०, पिछढिएको क्षेत्रतर्फ १२१ गरी ५४४४ पदमा दरखास्त आव्हन गरिएको हो । दरखास्त फराम साथ राजस्व दस्तुर वापत १ सय बुझाउनु पर्नेछ । साथै एकभन्दा बढी समूहमा दस्तखत दिने उम्मेदवारहरुको हकमा प्रत्येक समुहको लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्नेछ ।

दरखास्त माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दिन सकिने छ । दरखास्त फारम पाइने बुझाउने स्थानहरु महानगरीय प्रहरी परिसरहरु काठमाडौँ, भक्तपुर र ललितपुर, पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंज, सदुर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र जिल्ला प्रहरी कार्यालय सबै रहेका छन् ।

कम्तीमा ८ कक्षा वा सो सरह उत्तीर्ण गरेकाले दरखास्त दिने सकिने र दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ बर्ष पुरा भई २३ बर्ष ननाघेको र बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ४० बमोजिम २५ बर्ष ननाघेको हुनु पर्नेछ ।

कर्णाली अंचलका जिल्लाहरुलाई लक्षित गरी अंचल प्रहरी कार्यालय कर्णाली जुम्लामा यस पटकको परीक्षा संचालन गर्न थप नयाँ केन्द्र खडा गरिने भएको छ । जसले त्यस दुर्गम क्षेत्रका उम्मेदवारहरुलाई सहज हुन जाने र आर्थिक व्ययभार पनि कम हुने अपेक्षा गरिएको छ ।

प्रहरी जवान पदको बिज्ञापन सम्बन्धी सूचना, विभिन्न चरणमा लिइने परीक्षाहरुको पाठ्यक्रम नेपाल प्रहरीको websiteमा समेत हेर्न सकिनेछ र दरखास्त फारम डाउनलोड गरी आवश्यक कागजातहरु संलग्न राखी पेश गर्न सकिने प्रहरी प्रधान कार्यालय मावनश्रोत बिकास बिभाग भर्ना तथा छनौट शाखाले जनाएको छ । 

Unlock the Box Below

Post a Comment

 
Top