भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



देशमा सरकार छ ? छ पनि , छैन पनि । यो सरकार आएपछिमात्र यस्तो अवस्था आएको होइन तर मान्छे वर्तमानमा नै बढी केन्द्रित हुने भएकाले अहिलेको सरकारकै वारेमा बढी कुरा  हुने नै भयो । एकप्रकारले नाका बन्द छ र नाका खुला पनि छ । इन्धन प्रशस्त छ , इन्धन पटक्कै छैन । भर्खरै यो समीक्षकले चन्द्रनिगाहापुरसम्मको यात्रा गरेको थियो । जाँदा ६०० रुपैयाँ भाडा लाग्यो भने आउँदा एक हजार प¥यो । किन रे भने काठमाडौँमा डिजेल ब्ल्याकमा पनि सस्तो पाइन्छ रे र तराईमा महङ्गो । हाम्रो चालकले चन्द्रनिगाहपुरमा रु १३० प्रति लिटर नकिनेर निजगढमा सस्तो किन्न आएकाले रु १५० प्रति लिटरमा परेका थिए अनि भने —त्यसैले भाडा महङ्गो परेको हजुर ।
ग्याँस किन पाइँदैन थियो, पाइँदो रहेछ तर खास खास मान्छेलाई मात्र खास खासले दिँदा रहेछन् । लाइनमा बस्न गयो नाम लेखाएकाले मात्र पाउँछ भन्छन् , अनि नाम लेखाएर आयो, लाइनमा जो पहिले बस्छ उसैले पाउने नियम तत्कालै बनेको भनेर पाइँदैन । यो अहिले सहरी क्षेत्रको दैनिकी नै भयो । सामान नआएको भए नपाइनु पर्ने , आएको भए लेखिएको मूल्यमा पाइनु पर्ने । ग्याँस र तेल राख्ने ठाउँ छैन भनेर पनि आयल निगमले नै भनेको सुनिन्छ । खोइ के हो, के हो । पाइन्छ , पाइँदैन ।
पाइने कुरा र नपाइने कुरा , दुबै कुरा होइन । दुवै कुरा हो । सामान छ, मूल्य फरक फरक छ । महङ्गोमा पाइन्छ,सस्तोमा दिइँदैन । कालो बजारको बिगबिगी छ । यो कुरा यहाँमात्र लेखिएको होइन , यता केही महिनादेखि यस्तै लेखिँदै आएको छ , भोगिँदै आएको छ तर स्थितिमा खासै फरक आउनु भन्दा झन झन विकराल बन्दैछ । यस्तोमा सरकार छ भन्नु कि छैन भन्नु । अहिलेको जस्तो राम्रो स्वाभिमानी सरकार इतिहासमा नै कहिले थिएन भनेर भन्नु भन्ने फरमान जारी जो भएको छ । कस्तो भने सरकारले प्रस्ताव लान्छ सँसदमा अनि सरकारका सामेल दलका उपप्रधानमन्त्री नै त्यसको विरोधमा मत हालेर सगर्व भन्दछन् सरकारको विरोध गर्न पाइन्छ  सरकारमा नै बसेर ।
सरकारलाई समर्थन दिइन्छ  अनि सरकारकै प्रस्तावलाई विरोध गर्दै सरकारको समर्थन भइरहन्छ । कस्तो लोकतन्त्रको अभ्यास गरिँदैछ । कस्तो प्रतिपक्ष , यस्तो बेलामा पनि कानमा तेल हालेर बसेको छ । नेपाली काँग्रेसबाहेक अर्को दल प्रमुख प्रतिपक्षमा हुन्थ्यो भने सायद यो सरकार यही निहुँमा गिर्न पनि सक्थ्यो । तर बेथितीको महासागरमा अर्को बेथितीको विपक्ष देखियो । सायद यसैलाई भनेका होलान् बोकाको टाउको राखेर कुुकुरको मासु बेच्ने । सँसदीय व्यवस्थाको जसले रखवारी गर्ने हो र खबरदारी गर्ने हो ,उसैलाई कुनै मतलब छैन सँसदीय व्यवस्था र त्यसको मान्यताको । सरकार चलेको छ फुर्तीसाथ । नेपालीको रेमिट्यान्स र करको पैसाले थुप्रै विज्ञहरु र सल्लाहकारहरु धानिएकै छ । स्वनामधन्यहरुलाई पालिएकै छ । मन्त्रीहरुको सँख्यालाई अझै एकसय कटाइएको छैन । यत्रो सातसातओटा प्रदेशका लागि आधासय पनि नपुगेको मन्त्रिपरिषदलाई काँग्रेसले विरोध गर्ने कुरै भएन किनभने कुनै बेलामा देउबाजीले पनि त आधासय कटाउन खोजेकै हुन् , अनि नयाँ शक्तिका पिताले पनि त त्यो अभ्यास गरेकै हुन् ।
अहिले सरकारका लागि सञ्जीवनी बुटी बनेका एमाओबादी र राप्रपा नेपाल दुवैका लागि लोकतन्त्र भनेको नक्कली गहना हो अरुलाई देखाउनका लागि लाएर हिँड्ने , अनि घर पुग्ने बित्तिकै फुकाली हाल्ने । राप्रपालाई विगतले सधैँ कुरी कुरी गर्दछ भने माओबादीमा पनि विगतको इतिहासले नेपालीहरुलाई विश्वास गर्न समस्या नै परेको छ । झन शिविर व्यवस्थवापनको कुरामा लडाकु सँख्याको फोहोरी खेलले कमाएको अरबौँ रुपैयाँको झस्कोले एमालेको सँगको एकाकार बढाइरहने सम्भावना छँदैछ । खोइ अतीत पनि भएको अनि भविष्य पनि भएको काँग्रेसको मौनताले मुलुक स्थानीय निर्वाचनमा यसरी होमिँदैछ कि चवन्न साल बिर्साउने छ । त्यसपछि त फेरि अर्को निर्वाचन त कहिले हो कहिले ।
माओबादीको अवतरणपश्चात विद्यार्थीको युनियनको  निर्वाचन त नहुने भयो भने अरु निर्वाचनको कुरो नै नगरौँ होला । कसो कसो दोस्रो संविधानसभाको निर्वाचन भयो र आफ्नो हैसियत थाहा पाउने मौका मिलेको हो । एमालेको पनि हैसियत त जनताले देखाएकै हुन् तर साह्रै योजनाबद्ध तरिकाले सत्तालाई प्रयोग गर्न सिपालु दलको रुपमा देखियो है अहिले  त । पहिलो संविधानसभाको पहिलो  सरकारमा पनि माओबादीसँग सामेल, दोस्रो सरकारमा देवस्रो दल भएर पनि आफैँले सरकार सञ्चालन काँग्रेससँग मिलेर, तेस्रो सरकारमा पनि माओबादीसँग मिलेर सरकार सञ्चालन काँग्रेस बाहिर बसेरै , चौथो सरकारमा भने गएन तर लालायित । चौथो सरकारमा निर्वाचनको सरकारमा पनि एमालmे अरुसँगै प्रतीकात्मक मान्छे पठाएर सरकारमा सामेल, दोस्रो संविधानसभामा काँग्रेससँग मिलेर सरकारमा अनि अहिले एमालेकै नेतृत्वमा सरकार । भन्नचाहिँ पाइएको के छ भने काँग्रेस सत्ताभने पछि हुरुक्कै ।माथिका प्रमाणले नै देखियो काँग्रेसलाई सत्ता कति प्यारो रहेछ । सत्तामा नहुँदा पनि कसरी विरोध गर्दोरहेछ ।
मुलुकको अवस्थालाई यस्तै राख्न पाउँदामात्र यो गठबन्धनको आयु बढ्ने छ रे । अनि स्थिति सहजताका लागि लाग्नुभन्दा जटिल बनाउनेतर्फ लाग्न सहयात्रीहरुलाई उक्साएको रे भन्छन् बजार हल्ला । हुन पनि त्यस्तै पो देखिन्छ । बोकाको टाउको पसलमा देखाएर कुकुरको मासु निर्वाध विक्री गर्न पाइने सँसदीय व्यवस्था । विपक्षीलाई मतलब छैन लोकतन्त्रको मूल्य र मान्यताको

Unlock the Box Below

Post a Comment

 
Top