भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
सोल – कोरियामा अबैध रुपमा हुण्डी संचालन गर्दै आएका भोजपुरका सोगेंद्र घले २ करोड ९० लाख रुपैया उठाएर फरार भएका छन् | एक नेपालीका अनुसार घलेलाई क्यासिनोको लत लागेको थियो र उनले हुण्डी मार्फत उठाएको सबै पैसा क्यासिनोमा हारेको बताए |
एक पिडित नेपालीले फोनिजकोरियासंग कुरा गर्दै भने १३ दिन अघि नेपाल पठाउन भनेर रु ५ लाख दिएको अस्तिसम्म दिन्छु भन्दै थिए | हिजो देखि फोन सम्पर्क नै हुन् छोडेको बताए | घले एन आर एन कोरियामा बर्तमान सचिव समेत हुन् | यस बारे एन आर एन कोरियाका एक प्रतिनीधिसंघ बुझ्न खोज्दा घलेलाई एन आर एन कोरियाले कारबाही गरि पदबाट बर्खास्त गरि सकेको जानकारी दिए | उनि ईपिएस मार्फत कृषि भिसामा कोरिया आएर कार्यअबधि सकेर जी वन भिसामा बसेका थिए | कोरियाबाट ९० प्रतिशतको हाराहारीमा अबैध हुण्डी मार्फत नेपाल पैसा पठाईन्छ |
Unlock the Box Below
Post a Comment