भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
गुणस्तर तथा नापतौल विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय उपभोक्ता मञ्चले मंगलबार संयुक्त रूपमा बजार अनुगमन गरेको थियो । त्यस क्रममा लुम्बिनीको बिक्री केन्द्र इनर्जेटिक ट्रेडिङ हाउसको केही सिलिन्डर नमुना चेकचाँज गरिएको थियो । टोलीले लुम्बिनीको सिलिन्डरको तौल मापदण्डविपरीत तथा म्याद नाघेका ९ सिलिन्डरमा सिल गरिएको जनाएको छ ।
०८४९ ‘एस’ र १७८८३ ‘टी’ सिरियल नम्बर भएको सिलिन्डरमा तौल उल्लेख नभएको समेत भेटिएको टोलीका एक सहभागीले बताए । यसैगरी उक्त बिक्री केन्द्रमा अन्य कम्पनी सगर, गीता, मनोज गरी ४ सिलिन्डर पनि फेला परेका छन् । एउटा कम्पनीले अन्यको सिलिन्डर राख्न नपाउने व्यवस्थालाई लुम्बिनीको बिक्री केन्द्रले अटेर गरेको छ । त्यस्तै नापतौलको प्रमाणपत्र नवीकरणसमेत नगरिएको भेटिएको छ । आवश्यक कारबाहीका लागि कम्पनीको प्रतिनिधिसहित तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
सिद्धार्थको बालकुमारीस्थित बिक्री केन्द्रमा १२ सिलिन्डरको नमुना चेकजाँच गरिएको थियो । तीमध्ये ३८३३७ र ४६२०५७ ‘टी’ सिरियल नम्बरको सिलिन्डरमा तौल स्पष्ट उल्लेख नभएको पाइएको थियो । ०१००२७८ ‘टी’ नम्बरको सिलिन्डरभित्र लेदो जमेको समेत भेटिएको थियो । उक्त केन्द्रलाई पनि सम्बन्धित व्यक्तिका साथ स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न टोलीले निर्देशन दिएको छ ।
त्रिवेणीको कोटेश्वरस्थित डिपोका १५ सिलिन्डरको नमुना चेकजाँच गरिएको थियो । जसमध्ये मापदण्डभन्दा कम तौल भेटिएका ७ सिलिन्डरमा सिलबन्दी गरिएको छ । टोलीले गौरीशंकर ग्यास उद्योगको ग्वार्कोस्थित हिमाल ग्यास डिपोमा अव्यवस्थित तरिकाले सिलिन्डर राखेको पाइएको जनाएको छ । नापतौलको प्रमाणपत्र पनि नवीकरण नभएको, कतिपय सिलिन्डरमा खिया र म्याद स्पष्ट उल्लेख नभएको पाइएको थियो । केन्द्रका सम्बन्धित व्यक्तिलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
नापतौल विभागका बजार निरीक्षक कमल ओझाले अनुगमन गरेका अधिकांश ग्यास डिपोमा सिलिन्डरको तौल मापदण्डभन्दा कम भेटिएको बताए । ‘कम भएको विषयमा ग्यास भर्ने कम्पनीमा पनि अनुगमन गरिने छ,’ उनले भने, ‘कम्पनीमा कैफियत भेटिएका कालोबजारी ऐनअनुसार कारबाही गरिने छ ।’ उनले कम्पनीको गल्ती नभएमा नापतौल ऐनअनुसार कारबाही गरिने बताए । ‘ललितपुरको ग्यास डिपोमध्ये सबैभन्दा बढी समस्या त्रिवेणीमा फेला परेको छ,’ उनले भने, ‘सिलिन्डर पनि गोदाममा राखिएको पाइएको छैन ।’
Post a Comment