भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
|
चलचित्र प्रर्दशन बाट उठेको रकमको बिस प्रतिशत रकम भुइचालोले धव्त भएको दोलखाको झ्याकु गाबीसमा रहेको हरिसिद्धि प्र. वी.लाई सहयोग स्वरुप पठाइने छ !
नवलपरासीमा तिन चरणमा चलचित्रको प्रदर्शन गरिने छ पहिलो चरणमा बासाबसही देखी त्रिबेणी सुस्ता सम्मका करिव २५ बटा बिधालयहरुले चलचित्रको प्रदर्शन मिति तय गरिसकेका छन् भने दोस्रो चरणमा भुमहि देखी सुनवल हुदै परासी तथा तेस्रो चरणमा डाडापारीका बिधालयहरुमा प्रदर्शा गर्ने तयारी भइरहेको छ ।
नवलपरासीको लोकल कथामा चलचित्र निमार्ण गरिएको हुदा चलचित्रलाई अत्याभिक मात्रामा रुचाइएको छ । त्रिवेणी नदीमा डुगां चलाउने माझि ले आफ्नो छोरीलाई पढाउन गरेको संर्धष वरपर मै चलचित्रको कथाबस्तु घुमेको छ । चलचित्रमा निमार्ता सुसील भुर्तेल, उमा भट्राई संगीत सुवास अगम ,क्यामरामेन जितेन्द्र न्यौपाने मुख्य सहायक निदेशक प्रकेश सिन्धुलीय प्रोडक्सन म्यानेजर किसोर गैरे प्रोडक्सन सहायक अर्जुन न्यौपाने मेकअप बिष्णु लामा इडिटिगं अनुप न्यौपाने को रहेको छ । सुवास अगम , अमृता गैरे,सिमा अपाध्याय को मुख्य मुमिका रहेको चलचित्रको लेखन तथा निर्देशन राजु अर्यालले गरेका हुन । चलचित्रलाई अर्याल फिल्म्स प्रा.लि.ले निमार्ण गरेको हो ।
Watch Promo
Unlock the Box Below
![]() |
Post a Comment