भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । त्यसपछि संसद भवन पुगेका प्रधानमन्त्रीले औपचारिक राजीनामा घोषणा गरे ।
प्रधानमन्त्री ओलीले संसदबाट अविश्वासको प्रस्तावमा आफूले समर्थन प्राप्त नहुने भएपछि राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेको उल्लेख गरे । फेरिएको परिस्थितिमा नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रसस्त गर्न राजीनामा दिएको उनले बताए ।
प्रधानमन्त्री चुनावमा रहेको बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णयसहित सम्बोधन अघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । बाधा अड्काउ फुकाउसम्बन्धी आदेशको निर्णय ओली मन्त्रिपरिषदको अन्तिम निर्णय हो ।
वर्तमान संविधानमा रहेको प्रधानमन्त्री निर्वाचन सम्बन्धी संवैधानिक अन्योल नहटाई राजीनामा नदिने अडान प्रधानमन्त्री ओली र उनको दल एमालेले राख्दै आएको थियो ।
संसदमा सत्तासाझेदार माओवादीकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसद 'फेस' गर्ने बताउँदै आएका थिए । संसदमा आफ्ना कुरा राखेपछि प्रधानमन्त्रीले राजीनामा घोषणा गरेका हुन् । आखिरी समयमा सत्तासाझेदार फोरम लोकतान्त्रिक, राप्रपा र समाजवादी जनता दलले पनि समर्थन फिर्ता लिंदै अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका थिए ।
ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।
Unlock the Box Below
![]() |
Post a Comment