भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

ओली सरकारले रच्ने भयो अर्को इतिहास
काठमाण्डु, ६ साउन– नेपालमा मनमोहन अधिकारी नेतृत्वको सरकार पछिको लोकप्रिय सरकारका रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दर्जा दिइएको छ । त्यसको खास कारण ओलीले छिमेकी देशसँग नझुकी राष्ट्रपादी कदम चाल्नु नै प्रमुख हो । त्यसबाहेक चीनसँग भएका पारवाहन लगायत विभिन्न सम्झौता र अफगानिस्तानमा भएको आतंकवादी हमलामा मृत्यु भएका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउनु दुई प्रमुख कारण छन् । त्यतिमात्र नभएर ओली सरकारले विकास निर्माणका कार्यमा समेत चासो देखाएको जनबुझाइ छ । जसका कारण ओली जनतामाझ लोकप्रिय भएका छन् । यी सबका बीच ओलीले अर्को पनि एउटा इतिहास रच्दैछन् ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता ल्याएर कांग्रेससँग मिली संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि अल्पमतमा परेका ओली निकै तनाबमा छन् । जसको फलस्वरुप उनले आफ्नो पार्टी एमालेमार्फत आश्रित विद्येयकलाई लिएर संसदमा हंगामा मच्याएका छन् ।
यसभन्दा पहिले कुनै पनि सरकारमा रहेको दलले यसरी संसदअवरुद्ध गर्ने रणनीति बनाएको छैन । तर, यसपटक भने सरकारको नेतृत्व परिरहेको एमाले र एमालेको नेतृत्वमा रहेका ओलीले आफ्नो सरकार टिकाउनकै लागि संसद अवरुद्ध गर्नेसम्मको रणनीति बनाएका छन् ।

संसदको परम्परागत कार्यप्रणाली अनुसार सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा आश्रित विद्येयकलाई हटाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा राखेको चन्दै एमालेले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
एमालेकै केही नेताले सरकार अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिनुपर्ने अडान लिइरहेका बेला उनले भने सरकार टिकाउन अन्तिम समयसम्म कसरी हुन्छ प्रयास गरिरहने रणनीति अपनाएका छन् । जसमा संसदअवरुद्ध गर्ने सम्मको रणनीति छ ।

बिहीबार बस्ने भनिएको संसद बैठक एमालेले अवरुद्ध गर्ने भएकै कारण सारिएको छ । यसरी ओली सरकारले संसदअवरुद्ध गर्ने रणनीति बनाएर त्यसमा पनि एउटा इतिहास बनाएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top