भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
जनम बराल । गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन् । अस्ट्रेलियाको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभाव जारी भने राखेका छन् । आफ्नो पहिलो खेलमा ३–२ ले जितेको खेलमा दुई गोल गरेका जगजितले शनिबार पनि १ गोल गरेका थिए ।
उनले गोल गरेको खेलमा शनिबार ह्युम युनाइटेडले फिट्जयरोयलाई ३–२ ले हराएको थियो । जगजितले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै क्लबलाई जिताएका थिए । अस्ट्रेलिया पुगेका जगजित मासिक १ हजार ५ सय डलर मा ४ महिनाका लागि ह्युममा आबद्ध भएका थिए ।
Unlock the Box Below
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.