भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

श्रावण १६, २०७३- दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपाली कामदारको कार दुर्घटनामा परेर मृत्यु भएको छ । शनिबार बिहान ३: ३० बजेतिर खावन्दो वन्जुमा भएको कार दुर्घटनामा परेर पाल्पाका हेमन्त आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।


आचार्य कोरिया पुन प्रवेश गरेको थाहा भएको छ ।
उनका साथीहरुले बताए अनुसार ४ बर्ष १० महिनाको अवधि पुरा गरेर सात महिनाअघि सीबिटी (कम्प्युटरमा आधारित परीक्षा ) उत्तीर्ण गरेर पुन कोरिया आएका थिए ।

उनी गाडी मर्मत बनाउने कम्पनिमै काम गर्दै आएका थिए । बाहिर घुम्न निस्केको बेला रोकिराखेको ट्रकमा ठोक्किएर कार दुर्घटना भएको जनाइएको छ । कार कसले चलाएको थियो थाहा भएको छैन ।

सोलस्थित नेपाली दूताबासमा श्रम सहचारी देवराज ढकालले घटनाको औपचारिक जानकारी हालसम्म नआएको बताए । हिजो शनिबार र आज आइतबार भएकाले पनि प्रहरी प्रतिवेदन नआएको हो । श्रम सहचारी ढकालले घटनाको बिस्तृत बिवरण सोमबार सम्ममा आउने जानकारी दिए ।

मृतकको घरपरिवारलाई घटनाबारे जानकारी गराइएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top