भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

भनिन्छ पैसाले सबै थोक किन्न सकिन्छ तर माया कदापि किन्न सक्दैन । चीनका एक धनाढ्यले यस्तै पाठ सिकेका छन् । एक जवान भर्खर २० वर्ष लागेकी युवतीले विवाह बन्धनमा बाधिएको एक वर्ष नबित्दै चिनीय धनाढ्यलाई डिभोर्सको धम्की दिएकी छिन् ।   गुवाङजोउ भन्ने स्थानमा बस्दै आइरहेका यी जोडीहरुको सम्बन्ध तब बिग्रियो जब श्रीमान्ले पैसाको रबाफ लगाउन सूरु गरे । ती युवतीले गिफ्ट स्वरुप पाएका महँगामहँगा ह्याण्डब्यागहरु श्रीमान् कै अगाडि जलाई दिएकी छिन् ।


चिनीया मिडियाहरुमा ह्याण्डव्यागहरु जलाइ रहेको र श्रीमान्ले उनको खुट्टा समातेर डिभोर्स नगर्न आग्रह गरेका तस्बिहरु भाइरल भइरहेको छ ।हुवानक्विउले दिएको जानकारी अनुसार ती युवतीको नाम जिआओ टङ हो । उनी विश्वविधालयमा पढ्दै छिन् । उनलाई खुसी बनाउन लुइज भुइटन, प्राडा तथा हम्स जस्ता ह्याण्डव्यागहरु उनका श्रीमान्ले जिआओलाई गिफ्ट दिएका थिए ।
तर उनलाई पैसाको माया मोहभन्दा पनि स्वतन्त्रता खोजिन् । अन्नत उनले ति महँगा व्यागहरु श्रीमान्कै अगाडि आगो लगाइदिइन् ।रिर्पोटका अनुसार उनीहरु एक पार्टीमा भेटिएका थिए । अग्लो, ह्याण्डसम तथा धनी केटासँग उनको एक वर्षसम्म अफयेर चल्यो । त्यसपछि विवाह पनि गरे । तर विवाह पश्चात उनका हरेक खुसीहरु पैसासँग तोलियो र उनका इच्छाहरुलाई बन्देज लगाउने काम उनको पति तथा परिवारबाट भयो ।

ति व्यक्ति को हुन् भन्ने हालसम्म खुल्न सकेको छैन । यस तस्बिरहरु हेरेपछि लाखौ मानिसहरुकाले सामाजिक सञ्जालमा आफ्ना विचारहरु राखेका छन् । उनीहरुले डिर्भोस गर्ने निर्णयले पुर्णता पाएको नपाएको हालसम्म थाहा हुन सकेको छैन । – एजेन्सीकाे सहयाेगमा

Unlock the Box Below

Post a Comment

 
Top