भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
काठमाडौं, साउन ९ । सरकारले नयाँ सरकार गठनका लागि बाधा अड्काऊ फुकाउने आदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
केही बेरअघि बसेको मन्त्रिपरिषदको बैठकले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न नमिल्ने भन्दै बाधा अड्काऊ आदेश जारी गर्न सिफारिस गरेको हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूविरुद्ध लगाइएका आरोपहरुको जवाफ दिने क्रममा पदत्यागको घोषणा गर्ने बुझिएको छ ।
संविधान कार्यान्वयनमा कुनै गतिरोध आए राष्ट्रपतिले संविधानको धारा ३०५ को प्रयोग गरेर सो गतिरोध फुकाउन सक्ने संवैधानिक व्यवस्था छ । नयाँ सरकार गठनका लागि सोही धारामा टेकेर कदम चाल्न सरकारले राष्ट्रपतिलाई बाटो खोलिदिएको हो ।
Unlock the Box Below
![]() |
Post a Comment