भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
‘मैले ३ हप्ता अगाडि मात्र नेपालभित्र आफना सेना घुसाउनका लागि रअ वा सिआइएले आइएसआइएसका नाममा आफ्ना एजेन्टहरू पठाएर नेपालमा हिंसात्मक काम गर्ने संभावना छ । यो अनुमान सत्य साबित भएको छ । कथित मधेश प्रदेशलाई अस्वीकार गरेर मिथिला प्रदेशको माग गर्नेहरूमाथि रअले जनकपुरमा बम आक्रमण गराएर ४ जना नेपालीहरूको हत्या गराएको घटना बिर्सनु हुँदैन । आफु नांगिएका हर समयमा त्यसले नेपालमा हिंसा गर्दै आएको छ ।’
उनले अगाडि लेखेका छन् –‘यसमा २ वटामध्ये एउटा कारण लुकेको छ । या त यो नेपाललाई भारतको सुरक्षा छातामुनि लैजाने भनि शेरबहादुर र दाहालसँग भएको सहमति अनुसार वातावरण बनाई दिन चालिएको कदम हो या यो आफूले सत्ता दिलाई दिए वापत नेपालभित्र भारतीय सुरक्षाकर्मी राख्न पाउनु पर्छ भन्ने धम्कीपूर्ण दबाब हो । मधेशवादको मुकु्न्डोमा खेलिरहेका बिहारी गुटहरूले आफूलाई सत्ता सञ्चालनका हरेका गतिविधिहरूमा ‘तेश्रो पक्ष (Third Partner)’ का रूपमा स्वीकार नगरे सहयोग नगर्ने भनि दिईरहेको दबाबले यसलाई पु्ष्टि गर्दछ ।’
देउवा र दाहालले नेपाल विरूद्धको भारतीय योजनालाई अधिकतम रूपमा प्रश्रय दिनेछन् भन्ने कुरा दिल्लीमा देखा परेको खुसियालीले साफ गरिसकेको छ लेख्दै दाहालले केही वर्ष अगाडि कोशीमा आएको बाँधको सुपरिवेक्षण गर्ने बहानामा आएको भारतीय सुरक्षा टोली नेपालले बारबम्बार ताकेता गर्दा पनि नफर्केकोसमेत उल्लेख गरेका छन् । ‘त्यसैलाई स्थायी सैनिक पोष्टमा परिणत गरेर नेपालको सुरक्षा मामिला निन्त्रण गर्ने योजना हो यो । यो षडयन्त्रको अब सार्वजनिक रूपमा प्रतिकार गर्न आवश्यक छ,’ उनले लेखेका छन् ।लाइटनेपालबाट साभार।
Post a Comment