भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
२.
गर्भ रहेको पहिलो ६ सातासम्म महिला र पुरुष भ्रुण उस्तै हुन्छन् ।
३. मानिसले जीवनभरमा दुइवटा स्वीमिङ पुल भरिने र्याल सिर्जना गर्छ ।
४. जीवनभरमा मानिसले ६० हजार पाउन्ड (१ पाउन्डबराबर ०.४ किलोग्राम) खाना खान्छ, जुन ६ वटा हात्तीबराबरको हुन्छ ।
५. मानिसका हरेक फोक्सोमा ३० करोडदेखि ३५ करोडसम्म श्वासप्रश्वास युनिट हुन्छन्, जसलाई अल्भेओली भनिन्छ ।
६.मानिसले जीवनभरमा २२ किलोग्राम जति छाला फ्याँक्छ ।
७. कानको स्वास्थ्यका लागि कानेगुजी उत्पादन अत्यन्त जरुरी हो ।
८. इबोला भाइरस लागेकामध्ये ८० प्रतिशत मानिसको मृत्यु हुन्छ ।
९. दाँतको इनामेल मानव शरीरकै सबैभन्दा कडा चिज हो ।
१०. राता रक्तकोषहरु पूरै शरीरमा फैलन ६० सेकेन्ड लाग्छ ।
११. हरेक दिन ४४० ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) रगत मिर्गौला भएर बहन्छ ।
११. हरेक दिन एकजना वयस्क मानिसको शरीरले ३०० खर्ब नयाँ कोष निर्माण गर्छ ।
१२. एउटा ट्रक २० माइल गुड्नेजति शक्ति हरेक दिन एउटा मुटुबाट निस्कन्छ ।
१३. हरेक मिनेट ३० हजार देखि ४० हजारजति मृत छालाका कोष निष्कासन हुन्छ ।
१४. मानिसको छालाको हरेक इन्चमा ३ करोड २० लाख ब्याक्टेरिया हुन्छन् । तर अधिकांश हानीरहित हुन्छन् ।
१५. जुम्ल्याहाबाहेक हरेक मानिसको अलग–अलग सुँघ्ने क्षमता हुन्छ ।
१६. मानिसको खुट्टामा ५ लाख पसिनाका ग्रन्थी हुन्छन् ।
१७. शरीरको सबैभन्दा चाँडो बढ्ने रौं अनुहारको हो ।
१८. खुट्टाको भन्दा हातको नङ ४ गुणा छिटो बढ्छ ।
१९. बारम्बार नुहाउनु र कपाल झर्नुबीच कुनै सम्बन्ध हुँदैंन ।
२०. शरीरको सबैभन्दा चाँडो बढ्ने तन्तु कपाल हो ।
Post a Comment