भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

 दक्षिण भारतिय तमिल फिल्मका सुपरस्टार रजनीकान्तको प्रतिक्षित  फिल्म 'कबाली' शुक्रबार रिलिज भएको छ. फिल्म रिलिज अगाडी फिल्मलाई लिएर चलेका विभिन्न चर्चाले फिल्मले अत्याधिक हाइप र चर्चा बटुलेको यो। वक्सअफिस र फिल्मको पर्दामा रजनी कस्तो रूपमा उपस्थित हुनेछन् त्यो दृश्य सतहमा आउने नै छ।

सामान्य परिवारमा जन्मिएका रजनीले कमाएको नाम एक किसिमले फिल्मी नै छ। दर्शकहरूले उनलाई भगवान झैं मान्दछन्।

१.उनका करोडौं प्रशंसक छन् तर, धेरैलाई उनका जीवनका धेरै रहस्य थाहा नहुनसक्छ। जसमध्ये उनीसँग जोडीएका केही रहस्यहरू यस्ता छन्:

२.टाइम्स अफ इण्डियाका अनुसार तमिल फिल्म उद्योगका ‘भगवान’ मानिने नायक रजनीकान्त महाराष्ट्रमा जन्मिएका हुन्। उनको चिनाको नाम शिवजी राव गायकवाड हो।

३.उनको मातृभाषा मराठी हो। धेरै भाषाका फिल्ममार्फत् अवार्ड पनि जितिसकेका रजनीकान्तले मातृभाषा मराठीमा फिल्म खेलेका छैनन्।

४.उनी हरेक फिल्म रिलिज भएपछि चेन्नई छोड्छन् र अक्सर हिमालयसम्म पुगेर फर्कन्छन्। फिल्म चेन्नई एक्प्रेसमा शाहरुख खानले ‘लुंगी डान्स...‘गीत रजनीकान्तलाई समर्पण गरेका थिए।

५.रजनीकान्त भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने नायक हुन भने एसियामा उनी भन्दा अघि ज्याकी च्यानमात्र छन्। उनले एउटा फिल्म खेलेको ६० करोड भारुसम्म पारिश्रमिक लिएका छन्।

६.फिल्म क्षेत्रमा आउनुभन्दा पहिले रजनीकान्त बसमा कण्डकक्टर भएर काम गर्थे।

७.रजनीकान्तले ५ मे २०१४ मा ट्वीटरमा खाता खोलका थिए। खाता खोलेकै दिन ट्वीटरमा उनलाई २ लाख ५० हजारले पछाएका थिए।

८.एक दिनमा यसअघि कुनैपनि सेलिब्रेटीलाई यति धेरै फ्यानले पछ्याएका थिएनन्। उनलाई ट्वीटरमा पछाउनेको संख्या अहिले ३.०४ मिलियन छ।

Unlock the Box Below

Post a Comment

 
Top