भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

बैतडीको भौनेली गाविस २ का ईश्वर भट्ट भूमेश्वर माविमा गजरौलमा ७ कक्षा पढ्छन्। उनी बिहान साढे ७ बजे स्कुल पुग्छन्। घर फर्केर खाना खान्छन् र दिउँसो ट्युसन पढ्न जान्छन्।

 अंग्रेजी विषयको ट्युसन पढ्न उनले मासिक २ सय रुपैयाँ तिर्नुपर्छ। घरको आर्थिक अवस्था कमजोर छ। ट्युसन खर्च जुटाउन उनी साँझको समय गिट्टी कुट्ने गर्छन्। ईश्वरसँगै उनका भाइ रोशन र छिमेकी अनिल पनि गिट्टी कुट्न जान्छन्। रोशन २ कक्षा र अनिल ५ कक्षा पढ्छन्। असारमा गाउँघरमा विकास निर्माणका काम चलिरहेका छन्।
 कामदारको माग धेरै हुने भएकाले धेरैजसो ठाउँमा बालबालिका पनि काम गर्छन्। ढुंगा, गिट्टी, बालुवासम्बन्धी काम पाइने गरेको उनीहरूले बताए।
उनीहरूको गाउँनजिकै खानेपानी मुहानमा टयांकी निर्माण भइरहेको छ। त्यही टयांकी बनाउने कामका लागि आवश्यक गिट्टी उनीहरूले कुटेका हुन्। आएको पैसा ट्युसन शुल्क तिरेर र कापीकलम किनेपछि बचेमा रकम घरमा दिने ईश्वरले बताए।
एक कट्टा गिट्टीको ५० रुपैयाँ पाउँछन्। ७ दिनमा ३ कट्टा बनाएको अनिलले बताए। ‘एक कट्टा गिट्टीको ५० रुपैयाँ दिने सर्तमा काम गर्दै छौं,’ ईश्वरले भने, ‘घरबाट सबै खर्च बेहोर्न नसक्ने भएकाले समय मिलाएर काम गर्छौं।’ उनीहरूको घरबाट विद्यालय जान एक घण्टा लाग्छ। हिजोआज ट्युसन जाने समय नपुग्दा विद्यालयबाट घर फर्कैर गिट्टी कुट्न आउने गरेको अनिलले बताए।
 हिउँदमा बिहान–बेलुकी झ्याउ, चिराइतो, तेजपात लगायतका जडिबुटी संकलनका काम पनि उनीहरू गर्छन्। दुवै सिजनमा काम गरेर कापीकलम किन्ने खर्च जुटाउने गरेको उनीहरूले बताए।

Unlock the Box Below

26 Jul 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top