भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
शनिबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने- म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागु भएका छन्, ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।’
एमालेकै वरिष्ठ नेता माधव नेपालले ओलीप्रति कटाक्ष गरेकाले वामदेवको भनाइ सुन्न कांग्रेस र माओवादीका प्रभावशाली नेताहरु अबेरसम्म संसद बैठकमा बसेका थिए । गौतमले प्रचण्ड र आफ्नो युद्धकालीन सम्बन्धका पाटाहरु समेत खुलासा गर्दै आजसम्म आफूले प्रचण्डलाई धोका नदिएको र उपयोग पनि नगरेको बताए ।
आफूले युद्धकालमा धेरै माओवादीहरुको ज्यान बचाएको गौतमले स्मरण गरे ।
आफैं संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो भने माओवादीले चलाएका ८ मन्त्रालयबाट भएका काम पनि गलत थिए भन्ने पुष्टि हुने गौतमले बताए । ‘गृह, आपूर्ति, कृषि, शिक्षा जस्ता ८ मन्त्रालय चाहिँ सरकार होइनन् ? होइन भने के नैतिकताले सरकारविरुद्ध अविश्वास प्रस्ताब ल्याउनुभयो ?’ गौतमले संसदबाट माओवादीलाई प्रश्न गरे- ‘सरकारको काम गलत हो भने तपाईहरु कसरी सही हुनुहुन्छ ?’
Unlock the Box Below
![]() |
Post a Comment