भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
|
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बनाएको थियो । तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो । विश्व समुदायबाट अलग रहँदै आएको उत्तर कोरियाले गएको जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । तर विशेषज्ञ भने यो दाबीको विश्वशनियतामा विवादित छन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका विषयमा विवाद रहँदै आएको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तरले दुई दिनअघि मात्रै अमेरिका र दक्षिण कोरियामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो ।
पछिल्लो समय उत्तरले बढाउँदै लगेको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले गएको हप्ता उसमाथिको प्रतिबन्ध थप कडा पारेको थियो । तर त्यसका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको छैन । यसले गर्दा कोरिया प्रायदिपमा तनाव बढ्दै गएको छ ।
Unlock the Box Below
![]() |
Post a Comment