नेपालगंजको एक होटलमा विदेशी नागरिकको शव फेला परेको छ । सेतुविक चोकस्थित कस्तुरी होटलमा ५७ वर्षिय व्रिटिस नागरिक जोन निकोलस वार्डसनको शव फेला परेको हो ।
सोमवार होटलको कोठा नः १ सय २ वुकिङ गरेका उनले मंगलवार विहान अवेर सम्म ढोका नखोलेपछि होटल संचालकले प्रहरीलाई खवर गरेका थिए ।प्रहरीले ढोका फोरेर हेर्दा उनि मृत भेटिएको बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक राज राइले जानाकारी दिनुभयो ।
कोठा वुकिङ पश्चात वार्डसन कफी खाएर वाहिर गएको र अवेर रातीमात्र होटलमा फर्केको होटलका संचालकले वताएका छन् ।वार्डसनको शव र कोठा भित्र रगत पोतिएको थियो । घटनाको अनुसन्धान भैरहेको उहांले वताउनु भयो ।
Post a Comment