भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

मेसिनले पैसा बुझ्ने अत्याधुनिक सिटी बस अब नेपालमा 

काठमाडौंँ महानगरपालिकाले चिनियाँ कम्पनी सिआरआरसिले निर्माण गरेको मेसिनले पैसा बुझ्ने अत्याधुनिक सिटी बस भित्र्याउन लागेको छ। महानगरपालिकाको एक टोलीले हालैमात्रै चीन गएर मेसिनले पैसा बुझ्ने इलेक्ट्रिक बसको अध्ययन गरेर आएको छ।

सिटी बसको रुपमा भित्र्याउन लागिएको उक्त बसमा यात्रा गर्न यात्रुले मेसिनमा नोट वा सिक्का खसाल्नुपर्छ। साथै यस खालको बसमा कार्ड समेत प्रयोग गर्न सकिन्छ। यसको सञ्चालनको जिम्मा लिएको कम्पनीले प्रदान गरेको कार्ड देखाएर पनि यो बसमा यात्रा गर्न सकिन्छ।
एक करोडको हाराहारीमा सिआरआरसिको बस भित्र्याउने महानगरको योजना रहेको काठमाडौं महानगरपालिकाको राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए। तर अहिले यो बसको वास्तबिक मूल्य भने डेढ करोड रुपैयाँ पर्न आउँछ।
यसमा रहेका एसी तथा अन्य आरामदायी सुबिधा हटाएर यो बसलाई झन्डै एक करोडमा भित्राउने महानगरपालिकाको योजना रहेको छ। यो बस एकपटक चार्ज गरेपछि १ सय २० देखि १ सय ५० किलोमिटर सम्म गुड्ने गर्दछ। यो बस चार्जका हिसाबले दुई किसिमका छन्।
काफ्लेले भने‘एकथरी बस १५ देखि २० मिनेटमा चार्ज हुन्छ भने अर्काेथरी चार्ज हुन तीन घन्टा लाग्छ हाम्रो देशको विद्युतको अवस्था हेर्दा तीन घन्टा जार्च गर्ने उपयुक्त देखेका छौ। ’ बसको अध्ययन गर्न गएको टोली गत बिहिबार मात्रै काठमाडौं फर्केको छ।
भारतको अघोषित नाकाबन्दी पछि पेट्रोल तथा डिजेलको अभाव भएपछि बिद्युतिय साधन भित्र्याउन सरकारले तयारी थालेको हो। त्यसै बमोजिम इलेक्ट्रीक बसको अध्ययन गर्न सङ्घिय मामिला तथा स्थानिय विकास मन्त्रालयले महानगरका चारजना उच्चपदस्थ अधिकारीलाई चीन पठाएको थियो।
‘चीनले हाम्रो बाटोको अवस्था र  हाम्रो चाहना बमोजिमको बस निर्माण गरिदिन्छु भनेको छ ’काफ्लेले भने। अहिले  यसको बनावट भने काठमाडौंको सडकमा उपयुक्त नहुने काफ्ले बताउँछन्। काठमाडौंको सडकमा पानी जम्ने भएको कारण अहिले यसले राखेको ब्याट्रीको स्थान परिवर्तन गर्नुपर्ने उनको भनाई छ।
साथै सिआरआरसिले अहिले ६ मिटर, ८ मिटर , १० मिटर र १२ मिटर लामो  बसको निर्माण गर्ने गरेको छ। महानगरपालिकाले भने १० मिटर लामोवाला बस भित्राउने तयारी गरेको छ। अहिले सिसिआरसिले निर्माण गरेको इलेक्ट्रीक बसहरु चीन,युरोप थाइल्याण्ड, भारत र अमेरिकामा चल्ने गरेका छन्। महानगरपालिकाले भने यो बसमा रहेका आरामदायी सुबिधा हटाउन लागेको छ।
एसि र आरामदायी सिट राख्दा यसको मूल्य अत्यन्तै महंगो पर्ने भएका कारण महानगरपालिकाले यि सुबिधा हटाउन लागेको छ। बसभित्र सिट भन्दा बढि खाली स्पेस राख्ने महानगरपालीकाको योजना रहेको छ।
काफ्लेले भने ‘ सिटिबस आरामदायीभन्दा धेरै मानिसले यात्रा गर्न मिल्ने हुनुपर्छ त्यसैले एक लाइनमा मात्रै सिट राखिन्छ भने अन्य तीन लाइनमा मानिस उभिएर यात्रा गर्ने व्यवस्था गरिन्छ। ’ महानगरले यो बस भित्राउने योजना बनाएको भएपनि आर्थिक अध्यादेश नै यो भित्राउनलाई बाधक देखिन्छ। ४१ सिटे बसलाई दिएको सुबिधा यो बसले नपाउने देखिन्छ।
यो बस सिटमा भन्दापनि मिटरको आधारमा महानगरले भित्र्याउन लागेको छ । जसले गर्दा आर्थिक अध्यादेशमा दिएको सुबिधामा संसोधन गरी मिटरको सुबिधा प्रदान नगर्दा सम्म भने यो बसलाई नेपाल भित्राउन कठिन हुने महानगरपालिकाले निष्कर्ष निकालेको छ।
स्रोतका अनुसार महानगरपालिकाले अहिले संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय मार्फत ४१ सिटे मात्रै नभई १० देखि १२ मिटर लामो बसलाई समेत कर छुट प्रदान गर्ने प्राबधान ल्याउन पहल गरिरहेको छ।
महानगरपालिका र ललितपुर उपमहाननगरपालिकाले १२ बस खरिद गर्ने योजना बनाइएको छ। बाँकी ८ वटा भने चीन सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ।      

Unlock the Box Below

Post a Comment

 
Top