भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस






महिलाद्धारा सेक्स पहल नगर्ने धेरै कारण हुन्छन् जस्तो—सेक्सको इच्छा नहुनु, पार्टनर सँग मतभेद, घर बाहिरको शारीरिक एवं मानसिक  बोझ, सेक्सको बारेमा गलत धारणा आदि । यस्ता तमाम कुराहरु हुन्छन् जुन स्त्रीलाई सेक्स पहल गर्नबाट रोक्दछ ।
  • हाम्रो सामाजिक ढाँचा यसप्रकारको रहेको छ की आज पनि सेक्समा पुरुषको इच्छालाई सर्वोपरी मानिन्छ । छोराहरु यस्तो माहोलमा हुर्के बढेका हुन्छन् जहाँ उनीहरुको मनपर्ने र नपर्ने चिजलाई धेरै महत्व दिइन्छ । यसैमा स्त्रीहरुलाई सेक्समा पहल गर्ने कुरा धेरै पछाडी छुट्दछ । धेरैजसो पतीहरु आफ्नो पत्नीलाई उनीहरुको इच्छा पूर्तिको जरिया (माध्यम) मान्दछन् । त्यसैकारण सेक्सको बारेमा महिलाहरु आफ्नो इच्छाको बारेमा कहिल्यै खुलेर सोच्न र भन्न सक्दैनन् ।
  • पुरुषको लागि सेक्स जरुरत हो, जबकी महिला सेक्स भन्दा भावनालाई धेरै महत्व दिन्छन् ।
  • आज पनि हाम्रो समाजमा यो सोच बनिरहेको छ की सेक्समा महिलाले पहल गर्नु हुँदैन, यसलाई गलत मानिन्छ । यहाँ सम्मकी पार्टनर महिलाको चरित्रमा शंका गर्न सक्दछ र दाम्पत्य जीवनमा खटपट आउन सक्दछ ।
  • कयौ पटक महिला दिनभरीको कामको थकान वा कुनै मानसिक समस्याको कारणले सेक्समा पहल गर्दैनन् ।
  • हाम्रो रुढीबादी सोच, पाबंन्दी, बर्षौदेखि चलिआएको संस्कारले पनि नारीलाई यस्तो गर्न रोक्दछ ।
  • केही महिला बाल्यकालदेखिनै धेरै पूजापाठ र धार्मिक कर्मकान्ड आदिमा पूर्ण रुपले समर्पित रहन्छन् । यही सिलसिला विवाहपछि पनि रहिरहन्छ । यी मध्ये केहीको नजरमा सेक्स केवल बंश बढाउने र बच्चा पैदा गर्न मात्र गर्नु पर्छ भन्ने सोच रहन्छ ।
  • सबैलाई सही जीबनसाथी मिल्छ भन्ने जरुरी हुँदैन । पति आफ्नो सपनाको राजकुमार जस्तो नहुनु वा जवर्जस्ती बिवहा वा अनिच्छाले जोडिएको सम्बन्धले पनि सेक्सुअल लाइफलाई नराम्रो सँग प्रभावित पार्दछ र पत्नीलाई पहल गर्नबाट रोक्दछ ।
  • आफ्नो जीवनमा पति र आफ्नो सेक्सुअल लाईफ भन्दा बच्चा र परिवारलाई धेरै महत्व दिने महिलाहरुको पनि कमी छैन । अक्सर जब नारी आमा बन्दछन् उनीहरुको पुरै दुनियाँ धेरै हदसम्म बच्चाको देखभालमा बित्दछ ।
  • कहिलेकाँही सानोतिनो रोग जस्तो—रुघाखोकी, ज्वरो आदिको कारणले पनि सम्बन्ध राख्ने इच्छा हुँदैन ।
यौनशिक्षा निकै जरुरी
हाम्रो समाजमा एक वर्ग छ जुन सेक्सको बारेमा खुलेर कुरा गर्दछ त दोस्रो वर्ग यसबाट परहेज गर्दछ । यी सबको लागि सेक्स एजुकेशन धेरै जरुरी हुन्छ । आज पनि सेक्सको मामलामा हामी खुलेर कुरा गर्दैनौ । त्यसमा पनि तपाइ महिला हुनुहुन्छ त अझ दोहोरो मापदण्ड झेल्नुपर्दछ । आज केवल ५ प्रतिशत महिलाहरु मात्र सेक्समा आफ्नो इच्छा वा अनिच्छा बताउँदछन्, जबकी ९५ प्रतिशत चुप लाग्ने र नरुचाउने रवैया अपनाउँछन् । सेक्समा पहल गर्न नरुचाउँने सबैभन्दा ठूलो कारण संस्कृतिको डर, आधा अधुरो सेक्स जानकारी, पतिको चरित्रमा अँौला उठाउने डर आदि हुन् । यदि पति केयरिंग, पत्नीको भावना सम्झने र उसलाई उचित मान सम्मान दिनेवाला भएमा स्थिति बदलिन्छ 

Unlock the Box Below

Post a Comment

 
Top