भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

महिलाको शत्रु यौनरोग




बंगलादेश, पाकिस्तान, भुटानजस्ता छिमेकी देशमा देखिने यौनरोग र नेपालमा देखिने यौनरोगको समस्या एउटै छ । नेपालजस्ता अल्पविकशित देशमा कुपोषण तथा वातावरणका कारण यौनरोग धेरै देखिने गर्छन् ।  अहिले पनि ग्रामीण क्षेत्रमा खोलाको फोहोर पानीमा नुहाउने तथा पौडी खेल्ने महिला प्रशस्तै छन्, जसले यौनरोगलाई निम्त्याउँछन् । सानै उमेरमा विवाह र चेताना एवं शिक्षाको कमी पनि यौनरोगको कारण हो । मुख्यतः विदेश गएका युवाबाट गम्भीर प्रकृतिका यौगरोग भित्रिने गरेको पाइन्छ । विदेश गएका व्यक्ति यौनरोग लिएर आउने र श्रीमतीलाई सार्नेको संख्या धेरै छ । यौनरोगहरू महिलाबाट पुरुषमा भन्दा पनि पुरुषबाट महिलामा सर्ने सम्भावना बढी हुन्छ । योनीबाट निस्कने श्रावको परिमाण बढेमा, गन्हाउने श्राव भएमा, तल्लोपेट दुख्ने र योनीमा डाबर वा घाउ आएमा यौनरोगको शंका गर्न सकिन्छ ।

यौनरोगका विभिन्न प्रकारका हुन्छन् । यसलाई तीन किसिमले हेर्न सकिन्छ । ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी । ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो । यसमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाव गर्दा पाल्नेजस्ता लक्षण देखिन्छन् । केही महिलामा योनी खुम्चने रोग पनि देखिन्छ । यस्ता रोग यौनसम्पर्कका कारण नभई ब्याक्टेरियाका कारण लाग्छन् । यसले गर्भवती महिलाको बच्चा समयभन्दा चाँडो जन्मने हुन्छ । यस्तै, महिलामा देखिने अर्को यौनजन्य समस्या ट्राइकोमोनासिस हो । यसलाई खतरा नमानिए पनि यौनी चिलाएर हैरान पार्छ ।

यो यौन सम्पर्कका कारण सर्ने रोग हो । पिसाब गर्दा पोल्ने, योनी धेरै चिलाउने, गन्हाउने पानी बग्ने, योनी र त्यसको वरपर रातो हुने यसका लक्ष्यण हुन् ।  एचआईभी, धातुरोग र भिरिङ्गी गम्भीर खालका यौनरोग हुन् । धातुरोग र भिरिङ्गीको समयमै उपचार नगरे यसले बाँझोपना निम्त्याउन सक्छ । यसमा संक्रमित व्यक्तिसँग यौन सम्पर्क राखेको दुई देखि सात दिनभित्र लक्ष्यण देखिन थाल्छ । योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, तल्लो पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, यौन सम्पर्क राख्दा पोल्ने वा रगत आउनेजस्ता लक्ष्यण देखिन्छन् भने केहीलाई त कुनै लक्ष्यण नै देखिँदैन ।

यौनी चिलाउने धेरै कारण हुन सक्छ । कसैलाई लुतो वा जुम्राको कारण योनी चिलाउँछ भने कसैलाई साबुन वा स्याम्पूको एलर्जीले पनि यौनी चिलाउँछ । कसैलाई जटिल संक्रमणका कारण पनि यौनी चिलाउने हँुदा समयमै उपचारतर्फ लाग्नुपर्छ ।  नेपालमा स्वास्थ्य सेवा र शिक्षाको कमी भएकाले जाँच गराउने आउनेमध्ये ५० प्रतिशतमा यौनरोगको संक्रमण भेटिन्छ । यी रोगीहरूमा पछि गएर निसन्तान हुने, क्यान्सर हुने र लगातार रक्तश्राव हुने गम्भीर समस्या देखिन्छ । त्यसैको समाधान भनेकै नियमित रूपमा योनी परीक्षण गराउनु हो ।

महिला वा पुरुष दुवैलाई यौनरोगबाट बचाउन सर्वप्रथम जनचेतना आवश्यक छ । नेपाली समाजमा रहेको रुढीवादी सोच र परम्परा त्याग्न जरुरी छ । एउटै कपडा नछुने भएका बेला पाँचदेखि सात दिनसम्म प्रयोग गर्ने, राम्ररी नसुकेको पेन्टी वा भित्री कपडा प्रयोग गर्नाले ब्याक्टेरियाले योनीमा आक्रमण गर्छ । जसका कारण संक्रमण भई विभिन्न यौनरोग उत्पन्न हुन्छ । यौनरोगको विषयमा छोरीलाई शिक्षा कसरी दिने भन्ने कुरामा बाबुअमाले सोच्नुपर्छ । सानैदेखि यस विषयमा जानकारी गराए यौनरोग लाग्नबाट बचाउन सकिन्छ । अर्को कुरा विदेशबाट यौनरोग लिएर आएकालाई कसरी जोगाउने, कसरी उनीहरूको जाँच गर्ने, कसरी कन्डमको प्रयोग बढाउने भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ । एचआईभीजस्तो डरलाग्दो यौनरोगबाहेक सबै प्रकारका यौनरोगको उपचार सम्भव छ ।

सम्भव छ भन्दैमा लापरबाही गर्नु भने हँुदैन । सबैभन्दा ठूलो कुरा डर हो । नेपाली समाजमा स्वास्थ्यमा सामान्य गडबडी आए पनि ठूलो रोग हो कि भनेर चिन्ता लिने प्रवृत्ति छ । यही डरका कारण रोग बढ्दै जाने देखिन्छ । अर्कोतर्फ गम्भीर समस्या नआएसम्म उपचार गराउन नै नजाने मानसिकताले पनि हाबी छ । यौनरोग लाग्नेबित्तिकै क्यान्सर भयो भन्ने डर धेरैले पाल्छन् । यौनरोग लाग्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । तर रोग लुकाएर ढिला उपचार गर्दा जटिलता थपिन्छ । तसर्थ रोगका कुनै लक्ष्यण देखिए पनि लुकाएर बस्ने वा डराएर आत्तिने गर्नु हुँदैन, तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार गर्नेतर्फ लाग्नुपर्दछ ।
source:swasthyakhbar.com

Unlock the Box Below

Post a Comment

 
Top