भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

। हिजो बुधबार विभिन्न नाकाबाट  दिनभरमा भारतबाट १०३ ट्यांकर इन्धनसहित करिब ४५० वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।तर इन्धनको अभाव भने अझै उस्तै देखिएको छ । बजारमा ग्यास ,पेट्रोल लगायत पेट्रोलीयम पदार्थको चर्को कालो बजारी छ । इन्धनको चर्को अभाव झेलिरहेका उपभोक्ताले अझै पनि १ लिटर पेट्रोलको मूल्य ३०० र एक सिलिन्डर ग्यासको मूल्य ८००० सम्म तिर्न बाध्य भइरहेका छन् ।

हिजो  डिजेल ४४ ट्यांकर, ग्यास ४१ बुलेट, पेट्रोल १३ ट्यांकर र मट्टितेल ५ ट्यांकरसहित अन्य खाद्यान्न लगायतका गाडी नेपाल भित्रिएका हुन् ।कांकडभिट्टा नाकाबाट १० ट्याङ्कर डिजल, १ ट्याङ्कर मट्टितेलसहित ३९ वटा मालवाहक गाडीमात्र नेपाल भित्रिएका छन् ।

यस्तै विराटनगर–जोगबनी नाकाबाट बुधबार दिनभरमा २२ ट्यांकर डिजेल, ९ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास, ६ ट्रक औषधिसहित १८१ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।भैरहवा–सुनौली नाकाबाट आज दिनभरमा २८ बुलेट ग्यास, २ ट्यांकर पेट्रोलसहित १ सय ५७ वटा मालवाहक गाडी नेपाल भित्रिए ।नेपालगञ्ज–रुपैडिहा नाकाबाट १२ ट्यांकर डिजेल, २ ट्याङ्कर पेट्रोल, ४ ट्याङ्कर मट्टितेल, ४ बुलेट ग्याससहित ७२ वटा मालवाहक गाडी नेपाल भित्रिए ।

उता, धनगढीको गौरीफन्टा नाकाबाट बिना अबरोध गाडी भित्रने क्रम जारी छ । तर वीरगन्ज–रक्सौल नाका भने अझै संचालनमा आउन सकेको छैन ।
फितलो सरकारी अनुगमन कारण ठूलो परिणाममा पेट्रोलीयम पदार्थ लगायतका उपभोग्य वस्तु नेपाल भित्रिए पनि  सहजता हुन सकिरहेको छैन् ।




Insurance is a form of risk management in which the insured transfers the cost of potential loss to another entity in exchange for monetary compensation known as the premium.

Unlock the Box Below

Post a Comment

 
Top