भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

श्रावण ७, २०७३- कार्यसूची विवादमा अलमलिएका प्रमुख दलहरु अन्तत: सहमतिमा पुगेका छन् ।


संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दलको बैठकले सुरुमा विधेयक पारित गर्ने र त्यसपछि अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति गरेका हुन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावलले सहमतिसँगै दलहरुबीच साढे ४ बजे संसद बैठक बस्ने जानकारी दिए ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयास जारी रहेकाले बस्न सकेको थिएन । दलहरुबीच कार्यसूचीमा सहमति नहुँदा बिहीबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।

बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एमालेबाट उपाध्यक्ष भीम रावल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
प्रमुख तीन दलको बैठक चलिरहेका कारण संसद बैठक सुरु हुन सकेको छैन । सभामुख ओनसरी घर्तीले हिजो (बिहीबार) विशेष कारणले बैठक बस्न नसकेको जनाउँदै शुक्रबार दिउँसो २ बजेको लागि  बैठक बोलाएकी थिइन् ।

तीन दलका शीर्ष नेताको बैठक जारी रहेकोले २ बजे बोलाइएको संसद बस्न नसकेको हो ।

राजनीतिक सहमति जुटाउनको लागि भन्दै अहिले तीन दलका शीर्ष नेता सम्मिलित बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित छन् । बैठकमा  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरु उपस्थित छन् ।

बैठमा सहभागी एक नेताका अनुसार राजनीतिक सहमतिको सम्भावना निकै कम देखिएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top