भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

अमेरिका बिरुद्ध परमाणु हतियार जुनसुकै बेला प्रयोग गर्न सेना तयारी अवस्था मा रहेको - उत्तर कोरिया


उत्तर कोरियाका नेता किम जोङ उनले न्युक्लियर हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरि तयार पारेको बताएका छन् । अमेरिकासंग हुनसक्ने सम्भावित आक्रमणका लागि परमाणु क्षमतालाई बलियो बनाउन आवश्यक भएकोमा उनले जोड दिएका छन् ।



सयुंक्त राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको समयमा किम जोङ उनको यो भनाई आएको हो । उनले आर्मि अफिसरसँग कुरा गर्दै सैन्य हमलाका लागि तयार रहनुपर्ने बताएका थिए । अन्तराष्ट्रिय कानुन विपरित परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि २ दशक यताकै सबैभन्दा कडा प्रतिबन्ध लागेको छ । राष्ट्र संघको सुरक्षा परिषदमा प्रतिबन्ध सम्बन्धीको प्रस्ताव सर्वसम्मतिले पारित भएको केहि बेरमा नै उत्तर कोरियाले बिहीबार छोटो दूरीको मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले प्रतिबन्धको विरोधमा मिसाइल परीक्षण गरेको हो ।
किम जोङ उनको भनाई प्रति प्रतिक्रिया जनाउँदै अमेरिकाले यस्ता उत्तेजक कामहरु नगर्न उत्तर कोरियालाई आग्रह गरेको छ ।

Unlock the Box Below

Post a Comment

 
Top